किन रोक्का गरियो अपी हाइड्रोपावरको लाभांश?
- BFIS News
- 2024 Sep 26 15:28
काठमाडौं। अपी हाइड्रोपावरले घोषणा गरेको लाभांश रोक्का भएको छ।
कम्पनीले सेयर वा अन्य लगानी सम्पत्ति बिक्री नगरी हालको बजार मूल्यको आधारमा देखिएको कागजी नाफालाई नाफा नोक्सान हिसाबमा देखाएर लाभांश प्रस्ताव गरिएको भन्दै नियामक निकाय विद्युत नियमन आयोगले लाभांश वितरण रोकेको हो।
कम्पनीले ९.४७ प्रतिशत लाभांशको प्रस्ताव गरेको थियो। कम्पनीले गत आर्थिक वर्षको अन्त्यमा २४ करोड १२ लाख रूपैयाँ बराबर रकम बजार मूल्यको आधारमा नाफा रहेको विवरणमा उल्लेख गरेको थियो। कम्पनीको खुद नाफा भने ४५ करोड ६५ लाख रूपैयाँ रहेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया