Nepal Life

निसा र राष्ट्रिय बीमा कम्पनी विच सहमति, नयाँ दर लागु गरे पश्चात सर्भेयर काम गर्न तयार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 17:51
निसा र राष्ट्रिय बीमा कम्पनी विच सहमति, नयाँ दर लागु गरे पश्चात सर्भेयर काम गर्न तयार
Sanima Reliance

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल र राष्ट्रिय बीमा कम्पनी विच सर्भेयर शुल्कका विषयमा सहमति भएको छ । आज भएको छलफल पश्चात राष्ट्रिय बीमा कम्पनीले विगतमा नेपाल बीमक संघ र सर्भेयर एसोसिएसन विच भएको सहमतिलाई पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले सर्भेयर संघ र नेपाल बीमक संघले २०७३ सालमा निर्धारण गरेको शुल्कलाई कायम गर्ने भएको हो ।

NIMB

राष्ट्रिय बीमा कम्पनीले आफ्नै छाता संघठनले गरेको निर्णयलाई अटेर गर्दै पुरानै सर्भेयर शुल्क दिदै आएको छ । यसरी ७/८ वर्ष अगाडी भएको सहमतिलाई अटेर गर्दै कम्पनीले सर्भेयरहरुको शुल्कमा शोषण गर्दै आइरहेको संघको आरोप छ । सहमति अनुसार शुल्क नदिए पछि सर्भेयर संघले माइनुट नै गरेर राष्ट्रिय बीमा कम्पनीको काम नै नगर्ने निर्णय गरेका थिए ।

यसरी संघले औपचारिक रुपमै निर्णय गरे पछि कम्पनी समस्यामा पर्दै आएको थियो । संघको उक्त माइनुटको उल्लङ्घन गर्दै कम्पनीको प्रभावमा परेर केहि सर्भेयरले काम गरे पछि सर्भेयर संघले संघबाटै हटाउने चेतावनी दिएको थिय । संघको यस्तो चेतावनी पछि कम्पनी थप दवामा परेको थियो ।

आज भएको सहमतिलाई स्वीकृतिका लागि कम्पनीले आफ्नो सञ्चालक समितिमा पेश गर्नेछ । सञ्चालक समितिले नयाँ दर निर्धारणका विषयमा निर्णय गरे पछि मात्रै लागु हुन्छ । यसले गर्दा सर्भेयर एसोसिएसनले नयाँ दर निर्धाण भए पछि मात्रै आफ्ना आन्दोलनका कार्यक्रम स्थगन गर्ने अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए । उनले भने ‘कम्पनी सँग हाम्रो एक तहको सहमति भएको छ । तर कम्पनीले यो सहमति सञ्चालक समितिबाट स्वीकृत भए पछि मात्रै लागु हुन्छ । ’

सर्भेयरहरुले २०७३ सालदेखि नै बढेको शुल्क पाउनु पर्ने माग गर्दै आइरहेका छन् । यस्तो काम पुरा गर्न नकसिने भन्दै कम्पनीले अस्वीकार गरे पछि सर्भेयर संघले बक्यौता रकम भने शिघ्र भुक्तानी गर्न अनुरोध गरेको थियो । कम्पनीले भुक्तानी गर्न बाँकी शुल्क भने तत्काल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले अन्य कम्पनीहरुको सरहको दर पारित गरे पछि मात्रै सर्भेयरहरुले काम गर्ने जनाएका छन् । कम्पनीले एक साता भित्र निर्णय गर्ने भनेकाले उक्त अवधिसम्मका लागि पर्खने संघले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया