Nepal Life

एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 18:16
एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न
Sanima Reliance

काठमाडौं । एशियन लाइफले बागमती प्रदेश स्तरिय अभिकर्ता सम्ममान कार्यक्रम सम्पन्न गरेको छ । एशियन लाईफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम ''बिजनेश एक्सिलेन्स अवार्ड २०८०'' भव्यताका साथ सम्पन्न भएको छ ।

NIMB

होटल क्राउन इम्पेरियलमा दुई सय अभिकर्ताको सहभागीतामा भएको कार्यक्रममा गत आव २०७९।८० मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको छ । देशभरका अभिकर्ताहरुमध्ये क्लब मेम्बर तर्फ दोश्रो र बागमती प्रदेशस्तरमा प्रथम स्थान हासिल गर्न सफल हुनु भएका कमल प्रसाद जोशीलाई अवार्ड सहित विशेष सम्मान गरिएको छ ।

दुई दिने कार्यक्रमको पहिलो दिन अभिकर्ताहरुलाई बीमा प्रशिक्षक मीन घलेले बीमा व्यवसाय र अभिकर्ता सञ्जाल सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया