Nepal Life

नविल बैंकले काउन्टरमा लाइन बस्नु पर्ने अवस्थालाई निराकरण गर्दै, अनलाइनबाटै आफ्नो पालो बुक गर्न सकिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 05:15
नविल बैंकले काउन्टरमा लाइन बस्नु पर्ने अवस्थालाई निराकरण गर्दै, अनलाइनबाटै आफ्नो पालो बुक गर्न सकिने
Sanima Reliance

काठमाडौं । नविल बैंकले कष्टुमर केयरलाई थप प्रभावकारी बनाउने भएको छ । समयको व्यस्तता सँगै बैंकको काउन्टरमा गएर पालो कुर्नु पर्ने झण्झटलाई निराकारण गर्दै ग्राहकले अनलाइनबाटै आफ्नो पालोका लागि बुकिङ गर्न सक्ने भएका छन् । 

NIMB

कतिपय अवस्थामा ग्राहकको भिडभाड धेरै हुने र हातमा टोकन लिएर घण्टौसम्म कुर्नु पर्ने अवस्था आइरहेको हुन्छ । यसरी लाइनमा घण्टौ बस्नु पर्दा अन्य अत्यावस्यक कामहरु पनि छुट्ने भएकाले आफुलाई पाएक पर्ने समयको लागि अनलाइनबाटै आफ्नो पालोका लागि अग्रिम बुकिङ गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

ग्राहकले बैंकमा चेक साट्न तथा नगद जम्मा गर्न, कर्जाको जानकारी प्राप्त गर्न र बैंकका प्रतिनिधिहरुलाई भेटघाट गर्नु परेमा बैंकले तयार पारेको अनलाइन सुविधामा भएर आफ्नो समय पेश गर्न सकिनेछ । बैंकले अहिलेलाई यो सुविधा केन्द्रिय कार्यालय तीनधारामा मात्रै उपलब्ध गराएको छ । यसको प्रभावकारीता परीक्षण गरेर अन्य शाखा कार्यालयमा पनि प्रयोगमा ल्याउने तयारी गरेको छ । 

पालो बुकिङका लागि यहाँ क्लिक गर्नुहोस् 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया