चण्डी साधनादेखि सिद्धिसम्म, 'तत्वाभिषेक महादिक्षा सहश्रसती द्वादशश्लोकी चण्डी' पाठ
- BFIS News
- 2024 Oct Thu 10:57

काठमाडौं । हामी चेतनशिल प्राणी मानवजातीहरू सेलाएको एक शौर्य पिण्ड हौं । हाम्रो पिण्डको संचालिका भनेकी माता चण्डी कुण्डलिनी महाशक्ती हुन। यसैले म सुझावका साथ भन्दछु “चण्डी जगाउ तिमी जाग्दछौं । तिमी जागे समाज जाग्दछ, समाज जागे देश जाग्दछ" र तिम्रो देश जाग्यो भने एक दिन सारा संसार जाग्नेछ । संसारमा सनातन सभ्यता र संस्कृतिले व्यापकता लिने छ ।
कलहको युग कलिमा शान्ति, समृद्धि र सफलता हाँसिल गर्न माता महाकाली को साधना गर्नु निर्विकल्प अपरिहार्य छ । जीवनलाई साधनाको यात्रामा समर्पित गर्दै गरेको साधनारत साधकले, लोकहित र कल्याण हेतु हरेक मनुष्यको सरल र सफल जीवनको चाहना र कामना गर्नु नै सच्चा साधक धर्म हो भन्ने ठान्दछु ।
आक्रान्त विश्व परिवेशमा चाहना, परिवन्ध र परिस्थितिले रुमलिएको मनुष्य जातीको हित र कल्याणका लागि श्रद्धेय गुरुदेव अखण्डेश्वर चण्डी बाबाज्यु द्वारा तत्वाभिषेक महादिक्षा मार्फत आफुलाई प्राप्त सहश्रसती द्वादशश्लोकी चण्डी साधना सूत्र जन हितका लागि उजागरित गरेकोछु । नित्यको निरन्तरतामा रहेर यो सिद्ध प्रमाणित चण्डी साधना सूत्रलाई साधकले साधना नियमको पूर्ण पालना गरी पाठ गर्दै गएको खण्डमा कुण्डलिनी महाशक्ति जागरण गर्ने देखि क्रिया योगसम्म पुग्न सकिने सुनिस्चित छ ।
साधना गर्दा साधकले पालना गर्नपर्ने नियमहरू
१. चण्डी साधना गर्ने साधकको मन र चित्त शुद्ध पवित्र हुनपर्दछ ।
२. साधकको देह र वस्त्र शुद्ध नभएतापनि हृदय भाव पवित्र हुनुपर्दछ । ब्रह्मचर्य आचरणलाई पूर्ण पालना गर्नुपर्दछ । तर, "एक नारी ब्रह्मचारी" को मान्यतामा रहने साधकको हकमा ब्रह्मचर्य आचरण उल्लङघन भएको मानिने छैन ।
३. साधकले चण्डी पाठ गर्ने समयमा खाली पेटमा गर्नु उत्तम हुनेछ । यदी, भोजन गरेको छ भने पूर्णरूपमा पाचन भैसकेको हुनु पर्दछ। साधकले भोजनको हकमा सुरूची र सुपाच्य जुनसुकै भोजन गर्नबाट वञ्चित हुनु पर्दैन ।
४. विहानी प्रहरको सूर्योदय अगावै पाठ आरम्भ गर्नु अति उतम हुने छ । तर, रात्री प्रहरमा पाठ गर्दा भने सुर्यास्त पछि मध्य रात्रीको बाह्र बजे अगावै पाठ गरी सक्नुपर्दछ ।
५. चण्डी पाठ आरम्भ गर्दा सम्भव भए अग्नि समिपमा रहेर पाठ गर्दा सर्वोतम हुनेछ । अन्यथा, आफूलाई अनुकुल हुने स्थानमा रहेर पाठ गर्न सकिन्छ । तर, जुनसुकै स्थानमा रहेर पाठ गर्दा विशेष परिस्थितिमा बाहेक अन्य अवस्थामा अनिवार्यरूपमा पाँच वटा धूप सल्काएर पाठ आरम्भ गर्नु पर्दछ । सम्भव भए एउटा दियोमा पाँच वटा पाँच सुते बत्ती सल्काएर पाठ गर्दा उत्तम हुन्छ ।
यसरी गर्नुहोस् चण्डीपाठ
तत्वाभिषेक महादिक्षा सहश्रसती द्वादशश्लोकी चण्डी
प्रतिक्रिया