Nepal Life

जीवन बीमा व्यवसायमा चरम मन्दी : सावधिक व्यवसाय ३७ प्रतिशतले घट्यो, म्यादीको हिस्सा हटाउदा कुन कम्पनीको गिरावट कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 11:09
जीवन बीमा व्यवसायमा चरम मन्दी : सावधिक व्यवसाय ३७ प्रतिशतले घट्यो, म्यादीको हिस्सा हटाउदा कुन कम्पनीको गिरावट कति ?
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कोर व्यवसाय सावधिक प्रकृतिका जीवन बीमा पोलिसी नै हो । प्रथम बीमा शुल्कमा जति धेरै सावधिकको हिस्सा रहन्छ त्यति नै राम्रो र गुणस्तर मानिन्छ । गएको आर्थिक वर्षमा जीवन बीमा व्यवसायमा ठुलो मन्दी छायो । यसले गर्दा कम्पनीहरु सावधिक जीवन बीमा भन्दा पनि आवधिक जीवन बीमा पोलिसीमा बढि केन्द्रित देखिएका छन् ।

NIMB

कुल प्रथम बीमा शुल्क आर्जन तर्फ जीवन बीमा कम्पनीहरुको व्यवसाय २४.६३ प्रतिशतले घटेको छ । यदि यसमा आवधिक प्रकृतिका म्यादी, बैदेशिक रोजगार र लघु जीवन बीमा व्यवसाय घटाउने हो भने ३७.२६ प्रतिशतको गिरावट देखिन्छ । गत आर्थिक वर्षको प्रथम बीमा शुल्क आर्जनमा म्यादी जीवन बीमाको हिस्सा २२.५० प्रतिशत छ । यि तथ्याङ्कले जीवनबीमा व्यवसायमा ठुलो मन्दी आएको प्रमाणित हुन्छ ।

कुनै पनि जीवन बीमा व्यवसाय प्रथम बीमा शुल्क आर्जनबाट सन्तुष्ट छैनन् । पुराना बीमा कम्पनीहरुलाई नविकरण बीमा शुल्क आर्जनले ठुलो साथ दिएको छ । तर केहि नयाँ बीमा कम्पनीहरुका लागि अहिले नै मन्दी आउदा भविष्य त्यति उत्साहप्रद छैन । यस वर्षको व्यवसायिक बृद्धिदर हेर्ने हो भने म्यादी जीवन बीमामा बाहेक सावधिकमा ठुलो गिरावट छ । तर जीवन बीमा व्यवसायको प्राण भनेको सावधिक जीवन बीमा नै हो ।

तर बदलिदो परिस्थितिका कारण आम मानिसहरु सावधिक भन्दा म्यादीमा बढि आकर्षित भएको देखिन्छ । सावधिक जीवन बीमा पोलिसीबाट मात्रै ठुलो जोखिम बहन नहुने भएकाले बीमितहरुले म्यादीबाट जोखिम बहन गर्ने र बचतको रुपमा सावधिक जीवन बीमा पोलिसी खरिद गर्ने ट्रेण्ड बढ्दै गएको छ । कम्पनीहरुले बीमितहरुलाई पनि यहि हिसावले प्रशिक्षित गर्दै आएका छन् ।

यस वर्षको जीवन बीमा व्यवसायमा म्यादी जीवन बीमाको पनि ठुलो योगदान रह्यो । कुल प्रथम बीमा शुल्क आर्जनमा म्यादी जीवन बीमा व्यवसायको हिस्सा ४.४ प्रतिशत रहेको छ । यो व्यवसाय पनि दीर्घकालिन व्यवसाय होइन । सन नेपाल लाइफ सहित केहि कम्पनीहरु यहि व्यवसायमा टिकरहेका छन् । जुन जीवन बीमा कम्पनीको उज्वल भविष्य होइन । गएका वर्षमा वैदेशिक रोजगार बीमालेखमा मात्रै आश्रित रहदै आएको सन नेपाल यस वर्षदेखि सावधिक जीवन बीमा पोलिसीमा केन्द्रित देखिएको छ ।

गएको आर्थिक वर्षमा जीवन बीमा क्षेत्रमा चार वटा मर्जर सफल भए । प्रभु र महालक्ष्मी लाइफ बाहेक यहाँ बाँकी तीन वटा मर्जर पछिका कम्पनीको तथ्याङ्क विश्लेषण गर्दा साविकका कम्पनीको तथ्याङ्कनलाई पनि जोडिएको छ । यसले गर्द उक्त कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा भारी गिरावट आएको देखिन्छ । मर्जरका कारण बीमा कम्पनीहरुलाई नयाँ व्यवसाय भित्र्याउन धेरै मुस्किल पर्यो ।

गत आर्थिक वर्षको सावधिक जीवन बीमा व्यवसायमा राष्ट्रिय बीमा संस्थानको खासै गिरावट देखिदैन । समग्र बीमा क्षेत्रमै ३७ प्रतिशतले गिरावट आउदा संस्थानको जम्मा १.१३ प्रतिशतले मात्रै घटेको छ । प्रथम बीमा शुल्क आर्जनमा उल्लेख्य बृद्धि गरेका रिलायबल नेपाल र सिटिजन लाइफको पनि म्यादी तर्फको प्रथम बीमा शुल्क हटाउदा ठुलो गिरावट देखिन्छ ।

नेपाल लाइफको पनि सावधिक जीवन बीमा व्यवसाय तर्फ ठुलो गिरावटको सामाना गर्नु परेन । कम्पनीले आवधिक भन्दा पनि सावधिक जीवन बीमालाई नै बढि प्राथमिकता दिदा खासै ठुलो गिरावटको सामना गर्न नपरेको हो । कम्पनीको सावधिक तर्फको व्यवसाय १७.४३ प्रतिशतले घटेको छ ।

गएको वर्षमा नेशनल लाइफको ३७ प्रतिशतले घटेको छ । यस वर्ष नेशनल लाइफ पनि आवधिक जीवन बीमा व्यवसायमा बढि केन्द्रित देखिएको छ । गएको वर्ष सावधिक जीवन बीमा व्यवसाय तर्फ सर्वाधिक धेरै गिरावट साविक प्रभु लाइफको छ । साविक प्रभु लाइफको यस्तो व्यवसाय ६१ प्रतिशतले घटेको छ । कम्पनीको व्यवसाय केहि हदसम्म मर्जरका कारण प्रभावित भएको पाइन्छ ।

त्यस पछि दोस्रो धेरै गिरावट सिटिजन लाइफको छ । यदि लघु र वैदेशिक रोजगार जोडेर तुलना गर्ने हो भने ३१ प्रतिशतको मात्रै गिरावट देखिन्छ । आर्थिक मन्दी र आम मानिसको बचत खुम्चिदै जान थाले पनि जीवन बीमा व्यवसाय पनि घटिरहेको छ । आम मानिसका लागि बीमाको आवस्यकता धेरै पछाडिको कुरा हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया