Nepal Life

सिटिजन लाइफले भदौ १५ गतेदेखि प्रिमियममा आइपिओ जारी गर्दै, पहिलो वर्षमै ३५ प्रतिशत लाभांश पाउन सक्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 13:05
सिटिजन लाइफले भदौ १५ गतेदेखि प्रिमियममा आइपिओ जारी गर्दै, पहिलो वर्षमै ३५ प्रतिशत लाभांश पाउन सक्ने
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ९० लाख कित्ता शेयर बिक्री गर्न थालेको हो । 

NIMB

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँको दरले शेयर निष्काशन गर्नेछ । सर्वसाधारण लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन पाउने छन् । न्युनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

तर प्राथमिक शेयर बाँडफाँडको प्रणालीलाई हेर्दा कम्पनीको प्राथमिक शेयरमा न्युनतम १० कित्ता भन्दा धेरैका लागि आवेदन दिनु पर्ने देखिदैन । यस भन्दा अगाडीको सन नेपाल लाइफको प्राथमिक शेयरमा पनि १५ लाख भन्दा बढिको आवेदन परेको हुँदा यसमा १० कित्ता भन्दा बढिको लागि आवेदन दिनु पर्ने देखिदैन । यो शेयर ९ लाख लगानीकर्ताले प्राप्त गर्ने छन् ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ  । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् ।  कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।  कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  ।

कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउनु पर्ने हुन्छ । यसका लागि कम्पनीलाई एक अर्ब २५ करोड आवस्यक पर्छ । कम्पनीले आफ्नो जगेडा कोषमा भएको रकम र प्रिमियम मार्फत आर्जन भएको रकम मार्फत सहजै उक्त रकम बोनस शेयर मार्फत दिन सक्ने देखिन्छ । त्यसैले कम्पनीले कम्तिमा पनि ३४/३५ प्रतिशत लाभांश दिनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया