Nepal Life

शेयरधितो कर्जा सम्बन्धी नयाँ सर्कुलरको गलत व्याख्या नगर्न लगानीकर्ताको आह्वान, 'थप सहज बनाएको छ'

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 05:38
शेयरधितो कर्जा सम्बन्धी नयाँ सर्कुलरको गलत व्याख्या नगर्न लगानीकर्ताको आह्वान, 'थप सहज बनाएको छ'
National Life

काठमाडौं । नेपाल राष्ट्र शेयर धितोकर्जा सम्बन्धी गरेको सर्कुलरलाई लिएर गलत व्याख्या नगर्न लगानीकर्ताहरुले आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै मार्जिन कलको व्यवस्थालाई थप व्यवस्थित र लगानीमैत्री बनाउन निर्देशन दिएको छ । 

NIMB

बैंक वित्तीय संस्थाले मार्जिन कलका नाममा लगानीकर्तालाई जानकारी समेत नदिइ बिक्री गरिदिने अवस्थालाई थप व्यवस्थित गरेको छ । अव बैंक वित्तीय संस्थाले शेयरधितो कर्जाको प्रोडक्ट निर्माण गर्दै गर्दा मार्जिन कलका क्लजहरु स्पष्ट रुपमा लगानीकर्तालाई जानकारी गराउनु पर्नेछ । यस सँगै लगानीकर्ताले थाहाँ पत्तो नभई शेयर बिक्री भएको अवस्थालाई भोग्नु पर्ने छैन । यस्तो व्यवस्थाले ऋणिलाई जानकारी/मौका नदिई धितोमा राखिएको शेयर बैंकले सिधै बेच्दिन नपाउने बजार विश्लेषक दिनेश आचार्यको विश्लेषण छ ।

यहि विषयमा सञ्चार माध्यम तथा लगानीकर्ताहरु माझ भ्रम फैलिएको भन्दै बजार विश्लेषक नवराज दाहालले राम्रो सँग पढेर तथा बुझेर मात्रै प्रस्तुत हुन आग्रह समेत गरेका छन् । राष्ट्र बैंकले अव अब सूचीकरण नभएका हकप्रद र बोनस सेयरलाई समेत धितोमा गणना गर्न सक्ने व्यवस्था गरिदिएको छ । हिजोका दिनमा बैंक वित्तीय संस्थाले आफ्नो तजबिज अनुसार मनलाग्दी गर्ने गरेकोमा अव भने सूचीकरणको प्रकृयाँमा रहेका शेयरलाई पनि शेयरधितोमा गणना गर्न दिदा थप सहज हुने विश्लेषक आचार्य बताउछन् । 

राष्ट्र बैंकले सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्ने भएको छ । यस्तो अभ्यास बैंक वित्तीय संस्थाले ऋणी अनुसार फरक फरक व्यवहार गर्दै आएका थिए । यदि दोस्रो बजारमा कम्पनीको शेयरमूल्यमा लगातार गिरावट आयो भने बैंकहरुले मार्जिन कल गर्थे र समयमा व्यवस्थापन गर्न नसके बिक्री गरिदिन्थे । अव पनि लगानीकर्ताले मौका पाउने छन् । जसले गर्दा उनिहरुलाई मार्जिन कललाई व्यवस्थापन गर्ने अवसर प्राप्त हुन्छ ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले सम्बन्धित बैंक वित्तीय संस्थाका शेयरधनीले सम्बन्धित बैंक वित्तीय संस्थाबाट मात्रै धितोमा राखेर कर्जा लिन नपाउने हुन् न कि अन्य बैंक वित्तीय संस्थाबाट पनि । यसले गर्दा आफ्नो लगानी रहेको बैंकबाट धितोमा राखेर कर्जा लिन नपाए पनि अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिन राष्ट्र बैंकले रोक लगाएको छैन । आफ्नै शेयर लगानी रहेको बैंकबाट कर्जा लिदा पूर्वाग्रही हुने तथा मनोमानी हुन सक्ने अवस्थालाई व्यवस्थित गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया