NIMB Header 2
Nepal Life

सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गर्‍यो, १५ प्रतिशत बोनस शेयर सहित ३१.५७ प्रतिशत दिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Oct 29 11:05
सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गर्‍यो, १५ प्रतिशत बोनस शेयर सहित ३१.५७ प्रतिशत दिने
IME LIFE

काठमाडौं। सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्नुपर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयरको कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको बैठक कात्तिक ११ गते बसेर सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले ५१ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, आइतबार, बिहान १० बजे, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौंमा बोलाएको छ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया