Nepal Life

एलआइसी नेपालले बीमितका लागि सार्वजनिक गर्यो नयाँ बोनसदर, न्युनतम ४१ देखि ६४ रुपैयाँसम्म

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 06:24
एलआइसी नेपालले बीमितका लागि सार्वजनिक गर्यो नयाँ बोनसदर, न्युनतम ४१ देखि ६४ रुपैयाँसम्म
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेन्स ‘एलआइसी’ नेपालले बीमितका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमाङ्किय मूल्याङ्कन पश्चात नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

NIMB

नेपाल बीमा प्राधिकरणको भदौ तीन गते कम्पनीको आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याकंन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत गरेको थियो । प्राधिकरणको स्वीकृति पश्चात कम्पनीले मुनाफमा सरिक हुने गरी ‘बोनस दिने गरी’ जारी गरेका जीवन बीमालेखहरुमा अर्को व्यवस्था नभएसम्मको लागि कायम रहने गरी बोनस कामय गरेको हो ।

कम्पनीको साविधिक जीवन बीमा पोलिसी खरिदकर्ताले न्युनतम प्रतिहजार ५१ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६१ रुपैयाँसम्म प्राप्त गरेका छन् । जीवन आनन्तमा पनि न्युतमत प्रतिहजार ५० रुपैयाँदेखि प्रतिहजार ६० रुपैयाँ रहेको छ । बाल साबधिकमा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि देखि अधिकतम ६४ रुपैयाँ रहेको छ ।

कम्पनीको लघु सावधिक जीवन बीमा पोलिसी खरिद कर्ताले सर्वाधिक कम प्रतिहजार ४१ रुपैयाँ प्राप्त गर्ने छन् । एनआइसीमा सर्वाधिक धेरै १६ वर्षदेखि २० वर्ष र २० वर्षदेखि २४ वर्ष अवधिको जीवन बीमा पोलिसी खरिकर्ता धेरै छन् । उनिहरुले भने प्रतिहजार ५३ रुपैयाँदेखि ५७ रुपैयाँसम्म रहेको छ । जीवन बीमा पोलिसीमा यस्तो बोनस राम्रै मानिन्छ । यस वर्ष फ्युचर बोनस प्रोभिजनिङले केहि घटेको जस्तो देखिए पनि आगामी वर्षमा कम्पनीले यो भन्दा धेरै दिदै जाने सक्ने क्षमता राख्द छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया