Nepal Life

सर्भेयरको तालिम लिएर लाइसेन्स नलिएकाले परीक्षा दिनु पर्ने, लाइसेन्स रद्द भएकालाई पनि अवसर

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 16:51
सर्भेयरको तालिम लिएर लाइसेन्स नलिएकाले परीक्षा दिनु पर्ने, लाइसेन्स रद्द भएकालाई पनि अवसर
Sanima Reliance

काठमाडौं । सर्भेयरको तालिममा सहभागी भएर इजाजतपत्र नलिएकाहरुले परीक्षा दिनु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले दुई वर्ष अगाडी सर्भेयरको लाइसेन्स आह्वान गर्दा आवेदन दिएर परीक्षामा सहभागी भइ लाइसेन्स नलिएकाहरुलाई परीक्षा लिएर लाइसेन्स दिने भएको हो ।

NIMB

सर्भेयरको लाइसेन्सका लागि तालिम दिएर पनि इजाजतपत्र नलिइ बसेकाहरुले लाइसेन्सका लागि आवेदन दिए पछि नयाँ व्यवस्था अनुसार उनिहरुले लाइसेन्स पाउन सकेका थिएनन् । नयाँ बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुले परीक्षा लिएर मात्रै इजाजतपत्र पाउने व्यवस्था छ ।

प्राधिकरणले दुई वर्ष अगाडी लाइसेन्स आह्वान गर्दा ११६८ जनाले आवेदन दिएका थिए । नियम अनुसार सर्भेयरको लाइसेन्सका लागि अनिवार्य रुपमा बीमा प्राधिकरणले दिने तालिममा सहभागी हुनै पर्छ । यसरी तालिम लिए पछि मात्रै सर्भेयरको लाइसेन्स पाउने व्यवस्था छ । केहि व्यक्तिहरुले सर्भेयरका लागि तालिम लिएर पनि लाइसेन्स भने लिन सकेका थिएनन् । प्राधिकरणले उनिहरुलाई पटक पटक लाइसेन्सका लागि आह्वान गरेको थियो । तर उनिहरुले अहिले आएर लाइसेन्स लिन खोज्दा समस्या भएको हो ।

प्राधिकरणका अनुसार ५ वर्ष अगाडी लाइसेन्स लिएर नविकरण नभएका अभिकर्ताले पनि परीक्षामा सहभागि हुन पाउने छन् । जसले लाइसेन्स प्राप्त गरी ५ वर्ष वितिसकेको छ उनिहरुले पुनः परीक्षा दिएर लाइसेन्स लिन पाउने छन् । बीमा प्राधिकरणले उनिहरुका लागि अनलाइन प्रणालीबाटै परीक्षा लिनेछ ।

बीमा प्राधिकरणबाट तालिम लिएका व्यक्तिहरुले सर्भेयरको परीक्षा दिनका लागि तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि सहित १५ दिन भित्र प्राधिकरणको इमेलमा पठाउन सक्ने छन् । इमेलबाट प्राप्त हुने जानकारीकै आधारमा प्राधिकरणले परीक्षाको प्रवन्ध मिलाउनेछ । तर यो नयाँ लाइसेन्सका लागि आवेदन आह्वान गरिएको होइन । प्राधिकरणले यस वर्षको योजनामा नयाँ सर्भेयरको लाइसेन्सका विषयमा कार्यक्रम राखेको छैन । त्यसैले यस वर्ष प्राधिकरणले नयाँ सर्भेयरको लाइसेन्सका लागि आह्वान गर्ने देखिदैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया