सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी, तोलाको ६५ हजार ९०० रुपैयाँमा कारोबार
- BFIS News
 - 2024 Oct 22 11:03
 
                    
काठमाडौं । सुन चाँदीले हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । आज पनि सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर ६५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनिरहेको छ । सोमबारको नेपाली बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएकाे थियाे । सुनको मूल्यले निरन्तर छैटौं दिन पनि नयाँ रेकर्ड बनाएको हो ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाइरहेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९o रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर तेस्रो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया