सर्टट्रम करेक्सन पछि फर्कियो बजार, २५ अंकको सुधारमा ४ अर्ब माथिको कारोबार
- BFIS News
- 2024 Oct Tue 15:11
काठमाडौै । शेयर बजार सर्टट्रम करेक्सन सँगै फर्किएको छ । पछिल्लो समय २८० अंकको सुधारमा १०४ अंकले करेक्सन भयो । लगातार दुई दिन ५० अंक भन्दा माथिको करेक्सन हुँदा सर्टट्रम वियरिस देखिएको थियो ।
मंगलबार पुनः नेप्से सूचक २५.८८ अंकले सुधार हुँदा लगानीकर्ताले राहात महशुस गरेका छन् । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई सहकारी काण्डमा पक्राउ गरे सँगै राजनीतिक बृत्तमा हलचल मच्चिएको थियो । कतै सरकार पो ढल्ले त हैन भन्ने आशंकाले लगानीकर्ता आत्तीएका थिए ।
आज कारोबार अवधिभर तिव्र उतारचढाव रह्यो । अधिक उतारचढाव सँगै कारोबार रकम भने घट्न पुगेको छ । आज ४ अर्ब १७ करोडको कारोबार हुँदा ५३ हजार ६७८ वटा कारोबार भयो । १९९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ४० वटाको शेयर मूल्य भने घटेको छ । सम्पुर्ण सूचक तथा उपसूचक हरियो देखिदा उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सुचकमा सबैभन्दा धेरै २.१४ प्रतिशतले बृद्धि भयो । बाणिज्य बैंकको सूचक भने १० अंकले बढेको छ । लगानीकर्ताको विकास बैंकमा सबैभन्दा धेरै आकर्षण देखिन्छ ।
रावा इनर्जी मनकामना इन्जिनियरिङ थ्रिस्टारको शेयर मूल्यमा सबैभन्दा धेरै सुधार देखियो । दिनभर झिनो मूल्यमा वार्गेनिङ गरेका लगानीकर्ताले अन्तिममा बढाबढमै शेयर खरिद गरेका छन् ।
बजार विश्लेषकहरुले हिजोका दुई दिनमा करेक्सन मात्रै भएको हुँदा आत्तीने अवस्था नरहेको विश्लेषण गरेका थिए । उनिहरुले भने झै मंगलबार नै बजार फर्किएको छ । बजार घट्नुमा राजनीतिक गतिविधि कारक बने पनि बजार करेक्सनकै चरणमा रहेको हुँदा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा थिए ।
प्रतिक्रिया