NIMB Header 2
Nepal Life

नेपाल वेयरहाउजिङ्गको सत प्रतिशत हकप्रद पारित, ऋण घटाएर नाफामा लैजाने कम्पनीको उद्घोष

National Life
  • BFIS News
  • 2024 Oct 23 20:13
नेपाल वेयरहाउजिङ्गको सत प्रतिशत हकप्रद पारित, ऋण घटाएर नाफामा लैजाने कम्पनीको उद्घोष
Sanima Reliance

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारणसभाले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको विशेष साधारणसभाले कम्पनीको पूँजी बृद्धि गर्न हकप्रद शेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको हो । 

Shikhar
NIMB

सभामा उपस्थित शेयरधनीहरुले कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयर निष्काशको प्रस्तावलाई स्वागत गर्दै यसले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने बताएका थिए । हकप्रद शेयर निष्काशनबाट प्राप्त भएको पूँजीलाई दीर्घकालिन ऋण तिर्नुका साथै कम्पनीलाई फाइदा हुने अन्य क्षेत्रमा पनि लगानी गर्न लगानीकर्ताले सुझाव दिएका थिए । 

लगानीकर्ताले दिएका सुझाव तथा गुनासोलाई संबोधन गर्दै कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल वगरियाले कम्पनीले प्लान्ट निर्माणका क्रममा ठुलो लगानी गर्नु परेको र त्यसको दायित्व बढ्दै गए पछि हकप्रद शेयर निष्काशन गर्नु परेको बताएका छन् । उनले भने 'कम्पनीले वेयर हाउस निर्माण गर्दा लिएको ठुलो ऋणको दायित्व सुरु भएको छ ।'

उनले थपे 'आजको दिनमा कम्पनीको ठुलो खर्च भनेको व्याज मात्रै हो । कम्पनीको सञ्चालन खर्च वार्षिक ५/६ करोड भन्दा धेरै छैन । कम्पनीले कर्जा घटाउने वित्तीकै हामी मुनाफामा आउने छौ ।'

नेपालमा वेवरहाउजिङको प्रचुर सम्भावना भएता पनि यसलाई संस्थागत रुपमा अगाडी बढाउने विषय नयाँ अभ्यासकै क्रममा छ । गर्दै सिक्दै जाने भएकाले यसमा साथ दिन अध्यक्ष अग्रवालले शेयरधनीहरु सँग आग्रह समेत गरेका छन् । शेयरधनीहरुले कम्पनीलाई हकप्रदबाट प्राप्त रकम मध्येबाट निश्चित प्रतिशत रकम ट्रेडिङमा प्रयोग गर्न सुझाएका थिए । यसै सुझावलाई संबोधन गर्दै अध्यक्ष अग्रवालले कम्पनीले सुरुवाति दिनमै ट्रेडिङ नगर्ने भनेर निर्णय गरेको जानकारी गराएका छन् । उनले भने ' ट्रेडिङ गर्दा नाफा पनि हुन्छ सँगै घाटा पनि हुन्छ । हामीले नाफा मात्रै देख्छौ त्यसबाट हुने नोक्सानलाई हेर्दैनौ । कम्पनीलाई हामी नोक्सानमा ल्याउन चाहदैनौ । हामीले फाइनान्सिङ गर्ने हो तर ट्रेडरलाई सहयोग पुग्ने गरि मात्रै ।'

कर्जा तिरिसके पछि कम्पनी मुनाफामा जाने साथै अहिले लगानी भएका सम्पत्तीको मूल्याङ्कन क्रमश बढ्दै जाने भएकाले शेयरधनीलाई ढुक्क हुन अनुरोध समेत गरेका छन् ।

विशेष साधारणसभामा सञ्चालक समितिका अध्यक्ष सदश्यहरु दिप प्रकाश पाण्डे, सतिस चन्द श्रेष्ठ, प्रदिप कुमार अग्रवाल तथा स्वतन्त्र सञ्चालक सदिक्षा श्रेष्ठको उपस्थिति थियो । सभाको सञ्चालन कम्पनीका महा-प्रवन्धक तथा कम्पनी सचिव नरेन्द्र प्रसाद भट्टले गरेका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया