बीमा अभिकर्ता संघ नेशनल लाइफको मधेश प्रदेश समिति गठन, माधब कुमार खड्काको नेतृत्वमा २१ सदश्य निर्वाचित
- BFIS News
- 2024 Oct Wed 20:58
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिती नेशनल लाइफले मधेश प्रदेश समिति गठन गरेको छ । बीमक समिती नेशनल लाइफले आयोजना गरेको मधेश प्रदेश अभिकर्ता भेलाले कुमार खड्काको नेतृत्वमा २१ सदश्य समिति सर्वसम्मत रुपमा गठन गरेको छ ।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेशनल लाईफ बीमक समिती उपाध्यक्ष्य राजेश यादव तथा सदस्यहरु बबिता सिङ्दन, लक्ष्मण पण्डीतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी पेशगत अभिकर्ता संघका केन्दृय उपाध्यक्ष दिपक अर्याल थिए । कार्यक्रमको अध्यक्षता भने पेशागत अभिकर्ता संघ बीमक समितिका वरिष्ठ उपाध्यक्ष दिपा शर्मा ओलीले गरेकी थिइन् ।
भेलामा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी मदेश प्रदेश प्रमुख भोला झा, सह सचिव यतीराज अधिकारी, नेशनल लाइफ शाखा मधेश प्रदेशमा कार्यरत अभिकर्ताहरु सहभागी थिए ।
प्रतिक्रिया