प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर नियुक्त
- BFIS News
- 2024 Oct Thu 11:04
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनीको यहि कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैंठकले समुख 'ख' अन्तर्गत सर्वसाधारण शेयरधनी नेपाल होल्डिङ्ग प्रालीको तर्फबाट मनोनित सञ्चालक ज्योति शेरचन (गौचन)को ठाउँमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बलायरले आजैका मितिदेखि आफ्नो पदभार ग्रहण गरिसकेको कम्पनीले जनाएको छ । बलायर यस भन्दा अगाडी प्रभु बैंकको सञ्चालक समेत बनिसकेकी छिन् । प्रभुख बैंकको सञ्चालक हुनु भन्दा अगाडी उनि आशा लघुवित्त वित्तीय संस्थाको सञ्चालक थिइन् ।
प्रतिक्रिया