Nepal Life

सुन चाँदीको बढ्दो भाउमा लाग्यो ब्रेक, प्रतितोला एक लाख ६६ हजारमा कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 11:16
सुन चाँदीको बढ्दो भाउमा लाग्यो ब्रेक, प्रतितोला एक लाख ६६ हजारमा कारोबार
Sanima Reliance

काठमाडौं । लगातार बढिरहेको सुन चाँदीको भाउमा आज भने ब्रेक लगानीको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यसअघि सुनको भाउले लगातार ७ औं दिन नयाँ रेकर्ड कायम गरेको थियो । 

NIMB

लगातार नयाँ रेकर्ड कायम भईराख्दा १ सातामा सुनको भाउ प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको छ । बुधबार (कात्तिक ७ गते) छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यता, आज चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार (कात्तिक ७ गते) भने चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन चाँदीको भाउ प्रतितोला २१ सय ३५ रुपैयाँ कायम भएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार