नेपाल पुनर्बीमा कम्पनीको नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले लिए पद तथा गोपनियताको शपथ
- BFIS News
- 2024 Oct Thu 14:43
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित थिए ।
प्रतिक्रिया