Nepal Life

बाढी पिडितको दाबी भुक्तानीमा शिखर बाहेक अरु बीमा कम्पनी निरिह, ३३०६ मध्ये २६१ ले मात्रै पाए दाबी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Fri 06:47
बाढी पिडितको दाबी भुक्तानीमा शिखर बाहेक अरु बीमा कम्पनी निरिह, ३३०६ मध्ये २६१ ले मात्रै पाए दाबी
National Life

काठमाडौं । बाढी पिडितको दाबी भुक्तानीमा शिखर इन्स्योरेन्स कम्पनी बाहेक अन्य निर्जीवन बीमा कम्पनीहरु निरिह देखिएका छन् । बाढीको क्षेत्रमा परेका अधिकाम्स सम्पत्ती नष्ट भएका छन् । कतिपय सम्पत्ती पुर्ण रुपमा नष्ट भएका छन् भने कतिपयमा दाबी पनि दिनु पर्ने अवस्था छैन । सर्भेयर खटाएर सहजै दाबी भुक्तानी प्रकृयाँ अगाडी बढाउन सकिनेमा बीमा कम्पनीहरुले आनाकानी गिरिरहेका छन् ।

NIMB

गएको असोज १० गतेदेखिको अविरण वर्षका कारण बाढी पहिरो जादा अर्बौ रुपैयाँको क्षति पुगेको थियो । जस मध्ये बीमाको भागमा ९ अर्ब ५४ करोडको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा ३३०६ वटा दाबी परेका छन् । उनिहरुले ९ अर्ब ५४ करोडको दाबी गरेका छन् ।

तर अहिलेसम्म ३० करोड ३६ लाख रुपैयाँको मात्रै दाबी भुक्तानी भएको छ । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले २१ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले संख्यात्मक रुपमा ३७ प्रतिशत दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले दाबी भुक्तानीका लागि छुट्टै टाक्स नै खडा गरेको छ । बीमितले छिटो राहात अनुभुत गर्न पाउन् भनेर कतिपय अवस्थामा एडभान्स समेत प्रदान गरिएको कम्पनीका नायव महाप्रवन्धक सुरज राजबहाकले जानकारी दिए । कम्पनीले छिटो भन्दा छटो सेटलमेन्ट गर्ने लक्ष्य लिएको छ ।

शिखर पछि सबैभन्दा धेरै सिद्धार्थ प्रिमियरले दाबी भुक्तानी गरेको छ । कम्पनीले ३३ वटा दाबी भुक्तानी गरेको छ । जसबाट बीमितले ४ करोड १७ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै सगरमाथा लुम्बिनीले १८ वटा दाबी भुक्तानी गरेको छ । जसबाट बीमितले एक करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

नेको इन्स्योरेन्सले ८ वटा पोलिसी मार्फत २१ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । हिमालयन एभरेष्टले १२ वटा मार्फत एक करोड ५५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बाढीबाट सबैभन्दा धेरै सम्पत्ती बीमामा दाबी परेको छ । कम्पनीहरुले १६३५ वटा पोलिसी मध्ये १३५ वटाको मात्रै दाबी भुक्तानी गरेका छन् । मोटर बीमामा पनि ८३६ वटा पोलिसी मध्ये ८४ वटाको सेटलमेन्ट भएको छ ।

बीमा कम्पनीले यस भन्दा अगाडी भुकम्पमा पनि यस्तै दाबी भुक्तानीको सामना गर्नु परेको थियो । बीमा कम्पनीहरुले त्यतिवेला पनि द्रुत गतिमा दाबी भुक्तानी गर्न सफल भएका थिए । विदेशी पुनर्बीमा कम्पनीहरुले समेत एडभान्समा पैसा पठाएर दाबी भुक्तानीमा सहजिकरण गरिदिएका थिए । अहिले पनि एडभान्सका लागि प्रकृयाँ अगाडी बढिरहेको शिखर इन्स्योरेन्सका राजबहाकले जानकारी दिए । विदेशी पुनर्बीमा कम्पनीहरु पनि छिट्टै दाबी भुक्तानी होस् भनेर चाहिरहेको उनको भनाइ छ ।

बीमा कम्पनीहरुले निश्चित जोखिम मात्रै आफुले बहन गरेर पुनर्बीमा कम्पनीमा ट्रान्सफर गर्छन् । त्यस्तै पुनर्बीमा कम्पनीले अन्य पुनर्बीमा कम्पनीमा रेट्रोसेसन गरेर जोखिम बाडिरहेका हुन्छन् ।

जुन बीमा कम्पनीले राम्रो पुनर्बीमा गरिरहेका हुन्छन् उनिहरले बीमितलाई छिट्टै दाबी भुक्तानी गर्न सक्षम हुन्छन् । नेपालमा कतिपय बीमा कम्पनीहरुले धेरै नाफा गर्न कम जोखिमयुक्त बीमालाई आफु सँग राखेर बढि जोखिम भएका पोलिसीलाई मात्रै पुनर्बीमा गर्छन् । सामान्य अवस्थामा यो रणनीतिले कम्पनीलाई उच्च प्रतिफल प्रदान गर्छ तर बाढी पहिरो, भुकम्प जस्ता प्राकृतिक विपत्ती आउछ त्यस पछि बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न सक्दैनन् । यहि कारणले अधिकाम्स बीमा कम्पनीमा दाबी भुक्तानी गर्न ढिलाइ हुने गरेको छ । यस बाहेक कतिपय बीमा कम्पनीहरु अलिकति दाबी भुक्तानी ढिला गर्दा त्यसबाट आउने इन्भेष्टमेन्ट रिटर्नलाई हेरिरहेका हुन्छन् । यस्तो कार्यले गर्दा नै बीमा प्रति आम मानिसहरुको धारणा नकारात्मक हुने गरेको छ । यदि आवश्यक कागज पुरा भएको छ र मूल्याङ्कन सहि भएको छ भने बीमा कम्पनीहरुलाई दाबी भुक्तानी गर्न कुनै समस्या हुँदैन ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया