सगरमाथा जलविद्युतको ४.७५ प्रतिशत बोनस सेयर घोषणा, डाक्यो वार्षिक साधारणसभा
- BFIS News
- 2024 Oct Fri 10:20
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले आगामी मंसिर १४ गते साधारण सभा बोलाएको छ । सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने भएका छ ।
कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् । कात्तिक २२ गते सार्वजनिक विदा, २३ गते शुक्रबार, २४ गते शनिबार र २५ गते पनि सार्वजनिक विदा परेको हुँदा कात्तिक २१ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया