Nepal Life

बीमा प्राधिकरणले सार्वजनिक गर्यो बीमा कम्पनीको चुक्ता पूँजी, हेर्नुहोस् कुन कम्पनीको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Fri 20:31
बीमा प्राधिकरणले सार्वजनिक गर्यो बीमा कम्पनीको चुक्ता पूँजी,  हेर्नुहोस् कुन कम्पनीको कति ?
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पूँजीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । बीमा ऐन २०७९ को दफा ३५ को व्यवस्था बमोजिम बीमकको चुक्ता पूँजीको जानकारि गराएको हो ।

NIMB

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको लागि ५ अर्ब, निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब, पुनर्बीमा कम्पनीको २० अर्ब र लघु बीमा कम्पनीको ७५ करोड न्युनतम चुक्ता पूँजी निर्धारण गरेको छ । प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी अहिलेसम्म ५ जीवन बीमा कम्पनी, ५ निर्जीवन बीमा कम्पनीले मात्रै चुक्ता पूँजी जुटाएको छ । बाँकीले हकप्रद, बोनस शेयर मार्फत जुटाउदै छन् । माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशन गरेर पूँजी जुटाउने छ । 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । यस भन्दा अगाडी विद्यमान संस्थापकहरु सँग पूँजी आह्वान गर्ने तयारी गरेको छ । तर यस भन्दा अगाडी कम्पनीले १० वर्षदेखिको लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्नेछ । 

मेट लाइफले भने एडभान्स क्यापिटल जुटाएको छ । मेट लाइफ अमेरिकन जीवन बीमा कम्पनीको शाखा कार्यालयको रुपमा रहेकाले पनि चुक्ता पूँजी जुटाउन नसकिने जनाएको छ । दि ओरियण्टल र नेशनल इन्स्योरेन्स कम्पनी दुबैले बीमा प्राधिकरणले निर्धाण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनु पर्ने छैन । दुबैले एडभान्स क्यापिटल जुटाइसकेको प्राधिकरणले जनाएको छ । 

हिमालयन रिले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर २० अर्ब जुटाउने योजना बनाइसकेको छ । नेपाल रिइन्स्योरेन्सले भने अहिलेसम्म हकप्रदको तयारी गरेको छैन । 

हेर्नुहोस् कुन कम्पनीको चुक्ता पूँजी कति ?

 

निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी

जीवन बीमा कम्पनी 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार