अपि पावरको तीन महिनाको मुनाफा १८ करोड १७ लाख, प्रतिशेयर आम्दानी १२ रुपैयाँ
- BFIS News
- 2024 Oct Sun 09:54
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १८ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी ४० लाख ४९ हजार रुपैयाँ घाटामा थियो । विद्युत उत्पादनबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार आएको हो ।
गत वर्ष २६ करोड १६ लाख रहेको उक्त आम्दानी अहिले बढेर ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च १८ करोड ६८ लाख रहेको छ । चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा ७३ करोड २२ लाख रुपैयाँ जम्मा रहेको छ । यसको इपीएस १२.५६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया