Nepal Life

लगानीका क्षेत्रलाई व्यापक बनाउदै नेपाल लाइफ, नेपाल अपरच्यूनिटि फण्ड-१मा ३८ करोड ५० लाख लगानी गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 10:52
लगानीका क्षेत्रलाई व्यापक बनाउदै नेपाल लाइफ, नेपाल अपरच्यूनिटि फण्ड-१मा ३८ करोड ५० लाख लगानी गर्दै
Sanima Reliance

काठमाडौं । सबैभन्दा ठुलो जीवन बीमा कोष बनाउन सफल नेपाल लाइफले लगानीका क्षेत्रलाई व्यापक रुपमा विस्तार गर्न थालेको छ । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष पछि सबैभन्दा ठुलो कोष व्यवस्थापक नेपाल लाइफले बैंक वित्तीय संस्था बाहेक अन्यन्त्र क्षेत्रमा पनि आफ्नो लगानीलाई विस्तार गर्ने रणनीति बनाएको हो ।

NIMB

कम्पनीले यसै सिलसिलामा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा संचालित प्राइभेट इक्वीटी फण्ड 'नेपाल अपरच्यूनिटि फण्ड एक' मा ३८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ । कम्पनीले फण्डमा प्रति इकाई एक हजार रुपैयाँको दरमा ३ लाख ८५ हजार इकाई खरिद गर्ने भएको हो ।

आध्यन्त फण्ड म्यानेजमेन्टले कुशलता पुर्वक प्राइभेट इक्वीटी फण्ड सञ्चालन गर्दै आइरहेको छ । यसले रणनीतिक रुपमा लगानी गर्ने भएकाले कम्पनीले लगानी गर्ने नीति लिएको हो ।

नेपाल लाइफले केहि समय अगाडी मेवा डेभलपर्सको दुई आयोजनामा ५० करोड लगानी गरेको थियो । बैंक वित्तीय संस्थामा मात्रै निर्भर रहदै आएका बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले आफ्नो लगानीलाई विविधिकरण गर्न निर्देशन दिदै आएको छ । लगानीमा विविधिकरण गर्दै गर्दा सम्भावित जोखिम विश्लेषण भने गर्नु पर्छ । कम्पनीहरुले लगानी गर्ने रकम बीमितको पैसा हो । जुन रकम पछि गएर बीमितलाई नै बोनस सहित फिर्ता गर्नु पर्छ ।

यसले गर्दा पनि बीमा कम्पनीहरुले सुरक्षित लगानीका रुपमा बैंकको वित्तीय संस्थाको मुद्दती निक्षेपलाई नै बढि प्रयोग गर्दै आइरहेका थिए । अव भने बीमितको उच्चतम प्रतिफल र देशको अर्थतन्त्रलाई मजबुद बनाउन यसत् कोषकहरुको सदुपयोग आवश्यक छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार