Nepal Life

लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य समायोजन पछि पनि सर्किट, अव किन्नेले हकप्रद पाउदैनन्

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 11:47
लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य समायोजन पछि पनि सर्किट, अव किन्नेले हकप्रद पाउदैनन्
Shikhar detail

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनीले शेयर मूल्य समायोजन पछि पनि सर्किट लागेको छ । कम्पनीले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि कार्तिक ९ गते बुक क्लोज गरेको छ । आज बुक क्लोज सँगै नेप्सेले कम्पनीको शेयर मूल्य पनि समायोजन गरेर ११०१.८५ रुपैयाँ कायम गरिदिएको छ । 

NIMB

मूल्य समायोजन अगाडी नेप्सेमा कम्पनीको शेयर मूल्य १९८८ रुपैयाँ थियो । आज मूल्य समायोजन भए सँगै अव शेयर किन्नेले कम्पनीले घोषणा गरेको हकप्रद शेयर प्राप्त गर्ने छैनन् । 

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले हकप्रद मार्फत २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पूँजी जुटाउनेछ । जस मध्ये संस्थापक शेयरधनी एलआइसी भारतले भने रकम जम्मा गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशनको लागि अनुमति प्रदान गरिसकेको हुँदा अव कम्पनीले सार्वजनिक सूचना जारी गरि आवेदनका लागि आह्वान गर्नेछ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार