नेपाल लाइफले नेपालमै पहिलो पटक सुरुवात गर्यो अभिकर्ता बन्ने अनलाइन प्ल्याटफर्म, 'नेपाल लाइफ पाठशाला'
- BFIS News
- 2024 Oct Sun 15:41
काठमाडौं । नेपाल लाइफले नेपालमै पहिलो पटक अभिकर्ता बन्नका लागि अनलाइन प्ल्याटफर्मको सुरुवात गरेको छ । कम्पनीले एक विशेष समारोहका विच 'नेपाल लाइफ पाठशाला'को औपचारिक रुपमा उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कयाल, नेशनल सेल्स हेड उमापति पोख्रेल, एजेन्सी ट्रेनिङ प्रमुख रोजेश बस्नेत, पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहाल, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका वरिष्ठ उपाध्यक्ष बद्रि नाथ ढकाल लगायतको उपस्थिति थियो ।
उद्घाटन समारोहलाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अहिलेको समय सूचना तथा प्रविधिको युग भएकाले बीमा प्रणालीमा युवा जमातलाई भित्र्याउन कम्पनीमा भित्र्याउन डिजिटल प्रणालीको रुपमा नेपाल लाइफ पाठशालाको सुरुवात गरिएको बताएका छन् ।
उनले भने 'कम्पनीले आजको सुरुवात सिकाइको प्रक्रियालाई सहज बनाउन यस्तो प्रणालीको सुरुवात गरेको हो । अभिकर्ताको लाइसेन्स लिनका लागि १७ औं घण्टासम्म भौतिक रुपमा उपस्थित भएर औपचारिक रुपमा तालिम लिनु पर्ने झण्झटलाई निराकरण गर्न बीमा प्राधिकरणबाट अनुमति लिएर यस्तो प्रणालीको विकास गरेका हौ ।'
प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपालको कुल जनसंख्याको ६०/६५ प्रतिशत जनसंख्या युवा समुहमा रहेको आकडा प्रस्तुत गर्दै यस समुहलाई सहज रुपमा बीमाको दायरामा ल्याउनका लागि अनलाइन प्रणाली अपरिहार्य रहेको बताएका छन् । हिजोका दिनमा मोबाइल विलासिताको सामाग्री रहेकोमा आजका दिनमा आधारभुत आवश्यकताको रुपमा परिणत हुँदै गर्दा कम्पनीले पनि यस्तो अवस्थालाई आत्मसाथ गर्दै डिजिटल प्रणाली पनि अहिलेको आधारभुत आवश्यकता भइसकेको उनले प्रष्ट पारे ।
नेपाल लाइफले आजदेखि सञ्चालनमा ल्याएको नेपाल लाइफ पाठशाला कम्पनीको कार्यालयबाट हरेक नेपालीको घर घरमा पुग्न सफल भएको उनले दाबी गरे । अव हरेक अभिकर्ता, बीमित र नेपालीहरुले आफ्नो मोबाइलबाट घरमै बसेर अभिकर्ता लाइसेन्सको तयारी गर्ने, अध्ययन गर्ने अवस्था निर्माण भएको भन्दै यो नेपाल लाइफको ठुलो उपलब्धी रहेको उनले बताए ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले कार्यक्रमलाई संबोधन गर्दै नेपाल लाइफले २४ वर्ष पार गर्दा पनि स्टार्ट अप कम्पनीको जस्तै जागरुकताका लागि काम गरिरहेको बताए । विश्वमा एक सय पार गरेका कम्पनीहरुले पनि आफुलाई स्टार्ट अप कम्पनीको रुपमा अगाडी बढाइरहेको उनको भनाइ छ । नेपाल लाइफले पनि नयाँ नयाँ सूचना तथा प्रविधिलाई आत्मसाथ गर्दै स्वीकार्दै जाने उनले बताए । कम्पनीले आफ्नो व्यापार व्यवसायको विस्तार सँगै वित्तीय सेवा प्रवाहका लागि ग्राहकमैत्री बनाउदै लैजानु पर्ने उनको धारणा छ ।
नेपाल बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षामा अनुतिर्ण हुँदा ५ सय रुपैयाँ तथा समय गुमाउनु पर्ने अवस्थालाई नेपाल लाइफ पाठशालाले अन्त्य गरेको नेशनल सेल्स हेड उमापती पोखरेलले बताए । उनले भने 'अव अभिकर्ता बन्न चाहनु हुने साथिहरुले घरमै बसेर १३ वटा च्याप्टर अध्ययन गर्न सकिनेछ । नबुझेमा दोहोर्याएर हेर्न सकिनेछ र अध्ययन पश्चात यहिबाट डेमो परिक्षा पनि दिन सकिनेछ । यसले अभिकर्ताको लाइसेन्स लिदा अनुतिर्ण हुने सम्भावना ज्यादै न्युन हुनेछ ।'
अनलाइन प्ल्याटफर्म आउदै गर्दा पुराना एजेन्सी म्यानेजरहरुले सामाजिक सञ्जाल मार्फत हजारौ साथिहरुलाई डिजिटल प्ल्याटफर्मको प्रयोग गर्दै अभिकर्ता बनाउन सकिने एजेन्सी ट्रेनिङ विभागका प्रमुख रोजेश बस्नेतले बताए । उनले यस प्रणालीलाई कसरी चलाउने भनेर उद्घाटन शत्रमा आफ्नो प्रस्तुतिकरण दिएका थिए । यो प्रणाली सामान्य फेसबुक खोल्न सक्ने जो सुकैले चलाउन सकिने गरि निर्माण गरिएको बताए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका सचिव तेजमणी तिमल्सिनाले नेपाल लाइफले नयाँ नयाँ चिजको सुरुवात गरिरहेको भन्दै धन्यवाद प्रदान गरेका छन् । नेपाल लाइफमा ट्रेनि कम भइरहेको सन्दर्भमा अव हरेक अभिकर्ताले आफ्नो अनुकुलको समयमा तालिम लिन सकिने गरि डिजिटल प्रणालीको सुरुवात भएकोमा सर्हाना गरेका छन् ।
त्यस्तै पेशागत बीमा अभिकर्ता संघ नेपालका बरिष्ठ उपाध्यक्ष नारायण दाहालले नेपालमा बीमाको सम्भावना धेरै रहेको सन्दर्भमा नेपाल लाइफले धेरै भन्दा धेरै अभिकर्ता उत्पादन गर्नु पर्ने अवस्थामा यस्तो डिजिटल प्ल्याटफर्मले सहज बनाउने विचार व्यक्त गरे । उनले थपे 'हिजोका दिनमा अभिकर्ताको तालिम लिन धुलिखेलमै जानु पर्ने अवस्थाबाट अव घरमै बसेर तालिम लिन पाउने दिन आएको छ ।'
प्रतिक्रिया