मेरो माइक्रोफाइनान्सको सिइओ रामहरी दाहाल तेस्रो कार्यकालका लागि नियुक्त

  • BFIS News
  • 2023 Aug Fri 11:28
मेरो माइक्रोफाइनान्सको सिइओ रामहरी दाहाल तेस्रो कार्यकालका लागि नियुक्त

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले रामहरि दाहाललाई पुनः प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारि सुम्पिएको छ । संस्थाले दाहाललाई दोस्रो कार्यकालका लागि पनि चयन गरेको हो । 

 

संस्थाको सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहालको यो तेस्रो कार्यकाल हो । दाहाल दोस्रो कार्यकाल

का लागि २०७६ साउन २४ गते बसेको सञ्चालक समितिले निर्णय गरेको थियो । दाहाल नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्ष पनि हुन् । 

दाहाल मेरो माइक्रोफाइनान्सको स्थापनाकालदेखि नै छन् । उनले हकप्रद र बोनस शेयर मार्फत सबैभन्दा ठुलो संस्थाको रुपमा स्थापित गराउन सफल भएका छन् । हाल संस्थाको चुक्ता पूँजी एक अर्ब ३२ करोड रहेको छ । एक पटक सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्यो यस बाहेक सबै बोनस शेयरको योगदान सबैभन्दा धेरै छ । 

संस्थाले आर्थिक वर्ष २०७२/७३ देखि लगातार आकर्षक लाभांश दिदै आएको छ । 

Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
2078/2079 10 10 20
2077/2078 20 1.0526 21.0526
2076/2077 16.9399 0.8916 17.8315
2075/2076 30 1.58 31.58
2074/2075 15 11.32 26.32
2073/2074 30 12.105 42.105
2072/2073 10 10 20

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया