Nepal Life

सन नेपालको सहायक कम्पनी सनलाइफ क्यापिटलद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Oct 27 16:17
सन नेपालको सहायक कम्पनी सनलाइफ क्यापिटलद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले World Investor Week २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु,युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । 

Shikhar
Nepal Life
NIMB

धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा World Investor Week २०२४ को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटलले यहि २०८१ कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यत्तित्वहरु को सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभुमी, नेपाली धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि  बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तर्क्रिया गरिएको थियो ।

साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर World Investor Week २०२४ को अवसरमा सनलाइफ क्यापिटलले यहि २०८१ कार्तिक ११ गते एभरेष्ट सेकेण्डरी वोर्डिङ स्कुल गल्कोपाखा,काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार  सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।   

सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ  । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया