मुनलाईट हाइड्रोपावरले एक अर्ब ७६ करोडको आइपिओ निष्काशन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
- BFIS News
- 2024 Oct Sun 17:33
काठमाडौं । मुनलाईट हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
मुनलाईट हाइड्रोपावर कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरमा एक करोड ६७ लाख १० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । कम्पनीले आइपिओ मार्फत एक अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ संकलन गर्नेछ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि कम्पनीले क्यापिटल सँग सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।
प्रतिक्रिया