Nepal Life

चाडपर्व तथा दशै विदाले जीवन बीमा कम्पनीको व्यवसायिक बृद्धिदरमा पर्यो असर, नविकरण ऋणात्मक हुँदा प्रथम २१.४१ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 19:23
चाडपर्व तथा दशै विदाले जीवन बीमा कम्पनीको व्यवसायिक बृद्धिदरमा पर्यो असर, नविकरण ऋणात्मक हुँदा प्रथम २१.४१ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । चाडपर्व तथा दशै विदाका कारण चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जनको बृद्धिदर ०.६८ प्रतिशतमा सिमित भएको छ । समिक्षा अवधिमा नविकरण बीमा शुल्क आर्जन भने ३.४० प्रतिशतले घटेको छ भने प्रथम बीमा शुल्क आर्जन २१.४१ प्रतिशतले बृद्धि भएको छ । प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरमा वैदेशिक रोजगार बीमा लेखले साथ दिएको छ ।

NIMB

प्रथम त्रैमाशमा पहिलो साउन महिनामा खासै व्यापार हुँदैन । भदौ र असोज महिनामा नेपालीहरुको माहान चाड दशै तथा अन्य विभिन्न चाडवर्ष परेकाले सार्वजनिक विदाको संख्या धेरै हुन्छ । साथै मानिसहरु फेस्टिभ मुडमा हुने भएकाले व्यवसायमा खासै ध्यान दिदैनन् । त्यसमा पनि असोजको आधा समय दशैको कारणले प्रभावित हुँदा व्यवसाय बढ्न नसकेको हो ।

प्रथम बीमा शुल्क

असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बाहेक ७ अर्ब ५३ करोड रुपैया प्रथम बीमा शुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगार भने ६१ करोड ८८ लाख रुपैयाँ रहेको छ । वैदेशिक रोजगार सहित भने ८ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

यस अवधिमा सबैभन्दा धेरै सुधार राष्ट्रिय जीवन बीमा कम्पनीको देखिन्छ । कम्पनीले २११ प्रतिशतले बृद्धि गरेको छ । सबैभन्दा धेरै बीमा शुल्क आर्जन भने नेपाल लाइफको छ । नेपाल लाइफले एक अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नविकरण बीमा शुल्क

यस त्रैमाशमा नविकरण बीमा शुल्क भने ३.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीहरुले तीन अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा तीन अर्ब ४० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए । चाडपर्वले गर्दा बृद्धिदरमा केहि प्रभाव परे पनि यसमा सबैभन्दा ठुलो असर सरेण्डरको पनि छ । बढ्दो सरेण्डरले गर्दा नविकरण बीमा शुल्क आर्जनमा प्रत्यक्ष असर गर्छ ।

नविकरण बीमा शुल्क हिमालयन लाइफ, सानिमा रिलायन्स र राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको छ । सबैभन्दा धेरै सरेण्डर हुने नेपाल लाइफको भने ७.०८ प्रतिशतले बृद्धि भएको छ । नेपाल लाइफ एक्लैले एक अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नविकरणमा नेपाल लाइफ एक्लैको ३० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै दोस्रो धेरै हिस्सा एलआइसी नेपालको १२.३२ प्रतिशत, नेशनलको ११.३८ प्रतिशत र हिमालयन लाइफको ११.१८ प्रतिशत हिस्सा रहेको छ ।

कुल बीमा शुल्क आर्जन

समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन ०.६८ प्रतिशतले बढेर ४१ अर्ब ८ करोड पुगेको छ । गत वर्षको यहि अवधिमा ४० अर्ब ८० करोड थियो । सबैभन्दा धेरै नेपाल लाइफको ११ अर्ब ९९ करोड छ । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जनको सर्वाधिक धेरै बृद्धिदर भने रिलायबल १९.२७ प्रतिशत रहेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार