Nepal Life

नेपाल लाइफले पुरानो विरासत फर्काउदै, नविकरण बीमा शुल्कमा नेपाल लाइफ एक्लैको ३० प्रतिशत बजार हिस्सा

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 21:32
नेपाल लाइफले पुरानो विरासत फर्काउदै, नविकरण बीमा शुल्कमा नेपाल लाइफ एक्लैको ३० प्रतिशत बजार हिस्सा
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुरानो विरासतलाई फर्काउन थालेको छ । कुनै समय ३५ प्रतिशत भन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफको १९ प्रतिशतसम्म तल झर्यो । अहिले फेरि पुरानै लयमा फर्किन थालेको हो ।

NIMB

जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नेपाल लाइफ एक्लैले एक अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको छ । जसमा नेपाल लाइफ एक्लैको २९.१९ प्रतिशत बजार हिस्सा रहेको छ । गत वर्षको यहि अवधिमा नेपाल लाइफको बजार हिस्सा २६.८४ प्रतिशत थियो ।

नेपाल लाइफले पुराना बीमा पोलिसीलाई निरन्तरता दिन बीमितलाई निरन्तर रुपमा फलोअप गरिरहेको छ । ल्याप्सेस पोलिसीमा लाग्ने हर्जनामा छुट दिनेदेखि लिएर विभिन्न स्किमहरु ल्याइरहेको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा १० अर्ब रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा सम्पुर्ण जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ३२ अर्ब ९२ करोड रहेको छ । जहाँ नेपाल लाइफ एक्लैको ३०.४३ प्रतिशत बजार हिस्सा रहेको छ । गत वर्षको यहि अवधिमा २७.४५ प्रतिशत हिस्सा थियो ।

प्रथम बीमा शुल्क आर्जनमा भने अझै छलाङ मार्न बाँकी छ । कम्पनीले तीन महिनामा एक अर्ब ९७ करोड रुपैया आर्जन गरेको छ । कम्पनीले गत वर्षको यहि अवधिमा एक अर्ब ५९ करोड आर्जन गरेको थियो । गत वर्षको भन्दा यस वर्ष २३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बृद्धि सँगै बजार हिस्सा पनि २३.७१ प्रतिशतबाट २४.१७ प्रतिशत पुगेको छ । प्रथम बीमा शुल्कको बृद्धिदरमा पुराना भन्दा नयाँ कम्पनीहरु आक्रामक देखिएका छन् । जतिसुकै आक्रामक हुँदा पनि नेपाल लाइफ सँग भने प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार