एनएलजी इन्स्योरेन्सको बुक क्लोजको मिति तय, कार्तिक २६ गतेसम्म शेयर किन्नेले मात्रै हकप्रद भर्न पाउने
- BFIS News
- 2024 Oct Mon 06:59
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि यहि कार्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अव कम्पनीको हकप्रद शेयर कार्तिक २६ गतेसम्म शेयर किन्नेले मात्रै पाउने भएका छन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० बराबर ६.२५६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । प्रति कित्ता १०० रुपैयाँको दरमा ९६ लाख ३१ हजार २२० कित्ता शेयर हकप्रद मार्फत बिक्री गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति प्राप्त गरिसकेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीले नियामकीय साढे २ अर्ब पूँजी जुटाउनेछ ।
प्रतिक्रिया