Nepal Life

एनआइएमबि एस क्यापिटलले सिन्धुपाल्चोकको कृष्ण रत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई दियो शेयर तालिम

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 19:31
एनआइएमबि एस क्यापिटलले सिन्धुपाल्चोकको कृष्ण रत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई दियो शेयर तालिम
National Life

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को संर्दभमा यहि कार्तिक ९ गते शुक्रबार सिन्धुपाल्चोकको चौतारामा रहेको श्री कृष्ण रत्न माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना बिद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ ।

NIMB

उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।

कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया