Nepal Life

माछापुच्छ्रे क्यापिटलको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Oct 29 15:30
माछापुच्छ्रे क्यापिटलको पाँचौ वार्षिक साधारणसभा सम्पन्न
United Ajod

काठमाडौं । माछापुच्छे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटारमा सम्पन्न भएको साधारणसभाको सभापतिमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृतमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला थिए । 

Shikhar
Nepal Life
NIMB

आज सम्पन्न यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०र८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०८१र८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराएका थिए । यसका साथै कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे ।

उनले कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि., नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया