Nepal Life

एनसीएचएल र स्मार्ट च्वाइस् टेक्नोलोजि बीच नेपालपे कार्डको लागि समझदारी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 21:39
एनसीएचएल र स्मार्ट च्वाइस् टेक्नोलोजि बीच नेपालपे कार्डको लागि समझदारी
National Life

काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस् टेक्नोलोजि (एस्सिटि) बीच नेपालपे कार्ड जारी गर्न र acquire गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ ।

NIMB

समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान तथा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम “नेपालपे” र NPS-National Card Switch कार्यान्वयनको लागी आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ । उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् NPS-NCS को प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र acquire गर्न सक्नेछ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीच मार्फत हुनेछ ।  

 एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने, एस्सिटि ले विभिन्न बैंक वित्तीय संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ । नेपालको आफ्नै भुक्तानी कार्ड स्कीम “नेपालपे” को कार्यान्वयन पश्चात् बैंकका ग्राहकहरुले डोमेस्टिक स्कीम मार्फत नै सहज रुपमा कार्ड प्राप्त गर्न सक्ने र कारोबार गर्न सक्नेछन् साथै नेपालपे लगायतका कार्ड सम्बन्धी कारोबारहरु NPS अन्तर्गत नेशनल कार्डस्वीच मार्फत हुने हुँदा नेपालपेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया