दराज नेपालद्वारा छैठौं विक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट विक्रेताहरू सम्मानित
- BFIS News
- 2024 Oct Tue 21:51
काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ । “ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ“ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष माननीय अब्दुल खानको उपस्थिती रहेको थियो । उनले कार्यक्रममा आफ्नो मनतब्य ब्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिए । कार्यक्रम मार्फत आगामी दिनहरूमा इ–कमर्स सम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, माननीय अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिन सम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए । “विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो “, उनले भने ।
कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान प्रदान गर्नु थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।
दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरुः
सेलर अफ दि ईयर २०२४ः मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
कस्टमर च्वाइस अवार्डः म्हिचा
मनैदेखि नेपाली अवार्डः नेपाल टि एक्स्चेन्ज
दराज स्पेशल रिकग्निशन अवार्डः आर एन ईलेक्ट्रोनिक्स
टप न्यू एसएमई सेलरः ईकमर्स बजार
टप ईमर्जिंग सेलरः एभरस्को
टप सेलर-एफएमसीजी क्याटेगरीः बिराट हेल्थकेयर ईन्डस्ट्रिज
फ्ल्याश सेल हिरो-एफएमसीजी क्याटेगरीः ज्यासमिन हाइजिन प्रडक्ट्स
क्याम्पेन हिरो- एफएमसीजी क्याटेगरीः एयविबी
टप सेलर-फेशन क्याटेगरी- शुज स्पट
फ्ल्याश सेल हिरो-फेशन क्याटेगरीः ई-स्टोर्स
क्याम्पेन हिरो-फेशन क्याटेगरीः फ्यानसेरा
टप सेलर- ईलेक्ट्रोनिक्स क्याटेगरीः वानप्लस
फ्ल्याश सेल हिरो- ईलेक्टोनिक्स क्याटेगरीः उक्स—एज
क्याम्पेन हिरो — ईलेक्टोनिक्स क्याटेगरीः बोट ( टेलिटक )
टप सेलर — लाईफस्टाइल क्याटेगरः ई—मेला
फ्ल्याश सेल हिरो— लाईफस्टाइल क्याटेगरीः एसपीएन‘स्
क्याम्पेन हिरो — लाईफस्टाइल क्याटेगरीः कामाख्या डेकोर
दराज नेपाल, आफ्ना विक्रेताहरूलाई साथ—समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले, ई–कमर्स क्षेत्रमा सफल हुन आफ्ना विक्रेताहरुलाई आवश्यक उपकरण तथा अवसरहरू प्रदान गर्न निरन्तर लागिपरेको छ । विक्रेता सम्मेलनले सम्मानलहरुलाई विगतका उपलब्धिहरुमा मात्र सिमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीको विश्वास छ ।
दराज ग्रुपका बारेमा
पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नेपाल र म्यान्मारमा सञ्चालनमा रहेको दराज, सन् २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले ६ लाख ५० हजार भन्दा बढी सक्रिय विक्रेताहरूलाई उच्चस्तरीय बजार प्रविधिहरू प्रदान गर्दै, ५० करोड जनसंख्या रहेको यस क्षेत्रमा उपभोक्ता वर्ग सम्म सहज पहुँच पुर्याउन सघाइरहेको छ । दराज एक्स्प्रेस र दराज पे मार्फत, दराजले आफ्ना बजारहरूमा अत्यन्त प्रभावकारी र डिजिटलाइज्ड ढुवानी तथा भुक्तानी पूर्वाधार संचालन गरिरहेको छ । सन् २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा उपलब्ध गराउँदै दक्षिण एसियाकै प्रमुख ई–कमर्स प्लेटफर्म बन्न दराजको उद्देश्य रहेको छ ।
प्रतिक्रिया