Nepal Life

सोल्टी होटलको बम्बर लाभांश घोषणा, १० प्रतिशत नगद सहित ३६.८४ प्रतिशत दिदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 12:09
सोल्टी होटलको बम्बर लाभांश घोषणा, १० प्रतिशत नगद सहित ३६.८४ प्रतिशत दिदै
Shikhar detail

काठमाडौं । सोल्टी होटलले बम्बर लाभांश घोषणा गरेको छ । सोल्टी होटलले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । होटलको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

NIMB

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सोल्टीले यसअघि आर्थिक वर्ष २०७९/८० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीको फेस भ्याल्यू १० रुपैयाँ रहेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया