Nepal Life

विन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयर घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 12:35
विन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयर घोषणा
Sanima Reliance

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार (कात्तिक १३ गते) बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन । 

NIMB

बैठकले वार्षिक साधारण सभा र बुक क्लोज मिति पनि तय गरेको छ । साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सकिने कम्पनीले जानकारी गराएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज हुनेछ । तसर्थ, कात्तिक २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । आर्थिक वर्ष २०७९-८० मा यस कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार