Nepal Life

शेयरधनीलाई सर्वाधिक लाभांश दिन सफल युनिलिभरका सिइओ अम्लान मुखर्जीको वार्षिक तलब भत्ता ५ करोड ८६ लाख

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 11:23
शेयरधनीलाई सर्वाधिक लाभांश दिन सफल युनिलिभरका सिइओ अम्लान मुखर्जीको वार्षिक तलब भत्ता ५ करोड ८६ लाख
Shikhar detail

काठमाडौं । शेयरधनीलाई सर्वाधिक लाभांश दिन सफल युनिलिभर नेपालका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध सञ्चालक अम्लान मुखर्जीले एक वर्षमा ५ करोड ८६ लाख तलब भत्ता बुझेका छन् । उनले गत आर्थिक वर्ष २०८०/८१ उक्त सेवा सुविधा बुझेका हुन् ।

NIMB

उनले यस बाहेक चालक सहितको साधन, इन्धन तथा इन्जिन मर्मत खर्चहरु प्राप्त गरेका छन् । उनलाई कम्पनीले बसोबासको पनि प्रवन्ध मिलाएको छ । कम्पनीको अन्य उच्च स्तरका पदाधिकारीहरुले २६ करोड ६२ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । उक्त रकम २२२ जना कर्मचारीले बुझेको कम्पनीले जनाएको सञ्चाकहरुले पनि गत वर्षमा २ लाख ९७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

युनिलिभरले यस वर्ष इतिहासकै सर्वाधिक धेरै लाभांश दिएको छ । यस वर्ष युनिलिभरका शेयरधनीले १७१४ प्रतिशत नगद लाभांश प्राप्त गरेका छन् । कम्पनीको यस वर्षको कुल आय ८ अर्ब २४ करोड पुगेको प्रमख कार्यकारी अधिकृत मुखर्जीले बताएका छन् । जुन गत वर्षको तुलनामा २.८ प्रतिशतले घटि हो । गत वर्ष कम्पनीले ८ अर्ब ४८ करोड आम्दानी गरेको थियो । कम्पनीले गएको वर्ष नेट मार्जिनमा उल्लेखनीय सुधार गर्दै गत वर्षको तुलनामा २१० आधार अंकले बृद्धि गर्न सफल भएको मुखर्जीले प्रष्ट पारेका छन् । यहि कारणले शेयरधनीलाई अधिकतम प्रतिफल दिन सफल भएको उनले बताएका छन् ।

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार