Nepal Life

सामाजिक सुरक्षा कोषबाट १० हजारले लिए एक अर्ब ९५ करोड विशेष सापटी, कसरी लिने ? यस्तो छ प्रक्रिया

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 04:53
सामाजिक सुरक्षा कोषबाट १० हजारले लिए एक अर्ब ९५ करोड विशेष सापटी, कसरी लिने ? यस्तो छ प्रक्रिया
National Life

काठमाडौं । सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने योगदानकर्ताहरुले घर सापटी, शैक्षिक सापटी, सामाजिक कर्या सापटी र विशेष सापटी गरी चार किसिमका सापटी लिन पाउने व्यवस्था छ । कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिसम्ममा एक अर्ब ९५ करोड रुपैयाँ विशेष सापटी प्रदान गरेको छ । 

NIMB

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिसम्ममा कोषले १० हजार ९५७ जनालाई सापटी रकम प्रदान गरिसकेको छ । कोषले १० हजार ९३६ जनालाई एक अर्ब ९२ करोड रुपैयाँ विशेष सापटी प्रदान गरेको छ । १८ जनाले घर सापटी लिएका छन् भने ३ जनाले शैक्षिक सापटी लिएका छन् ।

विशेष सापटी भनेको योगदानकर्ताको अवकाश योजनामा जम्मा भएको कुल रकमको ८० प्रतिशत रकम सापटीको रुपमा निकाल्न पाउने व्यवस्था हो । यो सापटी पाउनका लागि निम्न योग्यता हुन आवश्यक छः

योग्यता

३ वर्ष वा ३६ महिनाको योगदान भएको हुनु पर्ने

अवकाश योजनामा न्युनतम ६२ हजार ५०० रुपैयाँ हुनु पर्ने

रोजगारी मै रहेको हुनु पर्ने (न्युनतम २ वर्ष रोजगार अवधि बाँकी हुनु पर्ने)

KYC मा सापटी भुक्तानी हुने योगदानकर्ताको बैंक शाखा सम्बन्धी तथ्याङ्क अध्यावधिक हुनु पर्ने

कति रकम सापटीको रुपमा निकाल्न मिल्छ ?

माथि कुनै उल्लेख भै सके जस्तो विशेष सापटी अवकाश योजनामा जम्मा भएको कुलरकमको ८० प्रतिशत रकम निकाल्न पाइन्छ ।यसमा एउटा विशेष व्यवस्था पनि छ । यदि योगदानकर्ता २०७८ साल असार मसान्त भित्र कोषमा बवघ भएर कम्तिमा एक महिनाको योगदान रकम जम्मा गर्न शुरु गरेको भए, त्यस्ता योगदानकर्ताले निवृत्तभरण योजनामा जम्मा भएको रकमलाई न्युनतम २ प्रतिशत निवृत्तभरण योजनामा मै थाति राखी बाँकी रकमलाई अवकाश योजनामा सार्न सकिन्छ । यसरी अवकाश योजनामा जम्मा भउको रकम मध्ये ८० प्रतिशत रकम विशेष सापटीको रुपमा निकाल्न मिल्छ ।

व्याजदर कति छ ?

कोषको विशेष सापटीको व्याजदर आर्थिक वर्ष २०८१ का लागि ६.८६ प्रतिशत रहेको छ । कोषले अरु व्याजदर जस्तै यसको पनि आर्थिक वर्षको शुरुमै तय गरेको हुन्छ ।

सापटी कसरी लिने ?

सापटी नलिको लागि कोषको मोबाइल एप मार्फत योगदानकर्ता आफैले रजिष्ट्रर गर्न सक्ने व्यवस्था मिलाइएको छ । जम्मा निम्न अनुसारको प्रकृया अपनाउनु पर्छः

- मोबाइल एप लग इन गर्ने

- स्पेशनल लोनमा क्लिक गर्ने

- २०७८ असारमसम्को योगदान प्रारम्भ गरेको छ भने निबृत्तभरणको रकमलाई अवकाश योजनामा सार्ने

- विशेष सापटीको रुपमा कुल निकाल्ने रकम एकिन गर्ने

- अनि एप्लाइ गर्ने

यसरी एप्लाइ गर्दा योगदानकर्ताले सबै विवरण एकिन गरी योऊदानकर्ताले प्रदान गरेको बैंक खातामै विशेष सपाटीमा जम्मा गरिने व्यवस्था छाप

सापटी कसरी तिर्ने

- मोबाइल एप लग इन गर्ने

- लोन रिपेमेन्टमा क्लिक गर्ने

- देखाइएको व्याजमात्र तिर्ने वा व्याज सहित साँवा तिर्ने एकिन गरि भुक्तानी गर्ने

- अनि एप्लाइ गर्ने

व्याज/सापटी भुक्तानी नगरे के हुन्छएक आर्थिक वर्ष भित्रको व्याज सोहि आर्थिक वर्ष भित्र भुक्तानी नगरिए सो व्याज अर्को आर्थिक वर्षमा सावाँमा जोडिनेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया