Nepal Life

मिर्चैयामा कृषि विकास बैंकका कर्मचारीको कोठाबाट लाखौँको चोरी

NMB Bank
  • BFIS News
  • 2024 Nov 03 05:41
मिर्चैयामा कृषि विकास बैंकका कर्मचारीको कोठाबाट लाखौँको चोरी
United Ajod

काठमाडौ । सिराहाको मिर्चैयास्थित मुख्य बजारमा दिउँसै एक बैंक कर्मचारीको कोठामा लाखौँको चोरी भएको छ।

Shikhar
Nepal Life
NIMB

इलाका प्रहरी कार्यालय मिर्चैया नजिकै रहेको कृषि विकास बैंक मिर्चैयाका कर्मचारी शत्रु धन कुमार साहको कोठामा लाखौको चोरी भएको हो।

शनिबार दिउँसो करिब १ बजेको समयमा कोठाको ताल्चा  फुटाएर दराजमा रहेको ४७ हजार नगद र सुनचाँदीको गहनाहरू चोरी भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार चोर कर्मचारीको जस्तै पोसाक लगाएर घर भित्र पसेको र एक जना  केटी बाहिर बसेर हेरिरहेको सिसी क्यामरामा कैद भएको छ। घटनाबारे थप   अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चाडपर्वको समय प्रहरी प्रशासनको फितलो सुरक्षाको कारण दिउँसै घटना भएको स्थानीयले आरोप लगाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया