Nepal Life

ओली सरकारले राम्रो काम गरिरहेको छ: सभापति देउवा

NMB Bank
  • BFIS News
  • 2024 Nov 03 05:53
ओली सरकारले राम्रो काम गरिरहेको छ: सभापति देउवा
United Ajod

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे। 
उनले भने, “केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साच्चै राम्रो काम गर्नुभएको छ। मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ।”

प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाब दिएर सहयोग गरिरहेको बताउदै उनले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको उल्लेख गरे।
आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने उनको भनाइ थियो। सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग रहने उनले उल्लेख गरे।
उनले विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने औल्याए।
संयुक्त सरकार बनेपछि पार्टी पंक्ति पनि खुसी रहेको बताउदै उनले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने उल्लेख गरे।
भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसमा डोजर लगाएको सन्दर्भमा सभापति देउवाले भने, “भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको पनि दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नुभएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया