Nepal Life

नेपाल भाषालाई ऐच्छिक भाषाको रुपमा समावेश गर्नेछौँ: प्रधानमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Nov 03 06:32
नेपाल भाषालाई ऐच्छिक भाषाको रुपमा समावेश गर्नेछौँ: प्रधानमन्त्री
United Ajod

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपालीहरूको आफ्नै संवत् भएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

शनिवार ११४५ औं नेपाल  संवत् संवत्को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् नेपाल संवत् भएको बताए।

उनले उपत्यकाको नेवार सभ्यता र संस्कृति दुनियाँका लागि असाधारण र अनुपम  रहेको बताए। उनले नेपाली संस्कृति,परिकार, वाद्यवादनको कुरा गर्दा सबैभन्दा पहिला नेवारी संस्कृतिको उल्लेख हुने गरेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल भाषालाई ऐच्छिक भाषामा राख्ने निर्णय मन्त्रीपरिषद्बाट गर्ने गरी छलफल अघि बढाउने बताए।प्रधानमन्त्री ओलीले संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बताए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया