Nepal Life

समता घरेलुको एफपिओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाख ७१ हजारले दिए आवेदन

NMB Bank
  • BFIS News
  • 2024 Nov 05 07:52
समता घरेलुको एफपिओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाख ७१ हजारले दिए आवेदन
United Ajod

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपिओ आजदेखि निष्काशन तथा बिक्री बन्न हुने भएको छ । संस्थाले गएको कार्तिक १४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । विचमा तिहार विदा परेकाले संस्थाले नियम अनुसार कम्तिमा पनि चार कार्यदिन बिक्री खुला गर्नु पर्ने व्यवस्था अनुसार आजसम्म खुला राखेको हो । यद्यपी संस्थाको एफपिओमा निष्काशनको केहि समयमै ओभर सब्सक्राइब भएको थियो । सिडिएससीका अनुसार संस्थाको आइपिओमा हिजो साँझसम्म ११ लाख ७१ हजारले आवेदन दिएका छन् । 

Shikhar
Nepal Life
NIMB

संस्थाले ३ लाख ५० हजार ९०४ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन सँगै आधार मूल्यमै जारी गरेको हो । एकदमै कमलाई मात्रै पर्ने भएकाले पनि आकर्षण कम देखिएको हो ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरिरहेको छ ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको एफपिओ ३५ हजार ९० जनाले १० कित्ताको दरले प्राप्त गर्नेछन् । यसबाट पनि ४ कित्ता बाँकी रहने भएकाले ३५ हजार ९० जना मध्ये भाग्यमानी ४ जनाले थप एक कित्ता शेयर पाउने छन् । 

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया