तिहार पछि सुनको मूल्यमा भारि गिरावट, तोलामै घट्यो २८०० रुपैयाँ
- BFIS News
- 2024 Nov Tue 11:30
काठमाडौं । तिहार पछि सुन चाँदीको मूल्यमा भारि गिरावट आएको छ । तिहार अघिको अन्तिम दिन (कात्तिक १५ गते) प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
सो दिनको तुलनामा यस दिन यस्तो सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो। यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक १५ गते चाँदीको मूल्य २ हजार ९० रुपैयाँ थियो।
प्रतिक्रिया