Nepal Life

घटेको मौका छोप्दै नेपाल लाइफको घरजग्गामा लगानी, हेटौडामा किन्यो १७ करोडको घर जग्गा

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 12:09
घटेको मौका छोप्दै नेपाल लाइफको घरजग्गामा लगानी, हेटौडामा किन्यो १७ करोडको घर जग्गा
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीलाई विविधिकरण गर्ने क्रममा घरजग्गामा पनि लगानी विस्तार गरेको छ । जलविद्युत कम्पनीदेखि लिएर इन्भेष्टमेन्ट कम्पनीमा आफ्नो लगानीलाई फैलाइरहेको नेपाल लाइफले पछिल्लो समय घरजग्गामा पनि सुरक्षित लगानी गरिरहेको छ । 

NIMB

कम्पनीले हेटौडामा १७ करोड १० लाखमा ६० धुरमा फैलियएको घरजग्गा खरिद गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित उक्त घर खरिद गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर उक्त घर खरिद गरिएको जनाएको छ । बागमति प्रदेशको राजधानी हेटौडाको शहरी क्षेत्रमा कम्पनीले लगानी गरेको हो । 

कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि उक्त घरजग्गा खरिद गरिएको प्रष्ट पारेको छ । यसरी घरजग्गा खरिद गर्दा कम्पनीले नियमित रुपमा आम्दानी गर्नुका साथै नियमित भाडा बापतको पैसा पनि तिर्नु पर्दैन । साथै निश्चित समयको अन्तरालमा उक्त जग्गाले आफै भ्यालु क्यारी गर्ने भएकाले कम्पनीको राम्रो लगानी पनि हुन जान्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया