Nepal Life

सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो, ट्रम्पको विजय पश्चात अन्तर्राष्ट्रिय बजारमा गिरावट

RBB
  • BFIS News
  • 2024 Nov Thu 13:04
सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो, ट्रम्पको विजय पश्चात अन्तर्राष्ट्रिय बजारमा गिरावट
Shikhar detail

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो । 

NIMB

बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेको छ भने डलर थप मजबुत भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । 

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला २ हजार १५ रुपैयाँ कायम रहेको थियो ।

यता, ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै डलरको मूल्य उच्च भएको छ, भने सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । यता, विश्लेषकहरुले पनि ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार