Nepal Life

सुपर मादी हाइड्रोपावरको मुनाफा ५० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 06:39
सुपर मादी हाइड्रोपावरको मुनाफा ५० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३० रुपैयाँ
National Life

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५० प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा १६ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४२ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ४३ करोड २७ लाख रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ । भने दीर्घकालिन ऋण ६ अर्ब १८ करोड रहेको छ । यस्तो कर्जा गत वर्षको यहि अवधिमा ६ अर्ब २८ करोड थियो ।

विद्यमान मुनाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी ३०.७२ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ छ भने दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ६०० रुपैयाँ छ । यस कम्पनीले निर्माण गरेको सुपरमादी जलविद्युत आयोजनाले २०७९ चैत २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा जडान गरेको थियो । नेपाल स्टक एक्सचेन्जमा भने २०७९ फागुन १८ गतेदेखि सूचिकृत भइ कारोबार हुँदै आएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर पारित गरिसकेको छ । साथै गएको कार्तिक ५ गते सम्पन्न वार्षिक साधारणसभाले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद निष्कासन प्रस्ताव पनि पारित गरिसकेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार