NIMB Header 2
Nepal Life

बुढानिलकण्ठ हेरिटेजले आइपिओ निष्काशन गर्ने, पहिला २९.५६ प्रतिशत हकप्रद त्यस पछि सर्वसाधारणमा जारी गर्ने

National Life
  • BFIS News
  • 2024 Nov 08 09:54
बुढानिलकण्ठ हेरिटेजले आइपिओ निष्काशन गर्ने, पहिला २९.५६ प्रतिशत हकप्रद त्यस पछि सर्वसाधारणमा जारी गर्ने
Sanima Reliance

काठमाडौं । बुढानिलकण्ठ हेरिटेजले प्राथमिक शेयर 'आइपिओ' निष्काशनको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर १४ गते अपरान्ह ४ बजे कर्पोरेट कर्यालय बुढानिलकण्ठमा सभा तोकेको छ । 

Shikhar
NIMB

हेरिटेजले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरण पारित गर्नेछ । कम्पनीले अधिकृत पूँजी र जारी पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव पनि गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८५ करोडको २९.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसको प्रस्ताव पनि साधारणसभामा पेश गर्नेछ । 

होटल दुई अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । नारायण गोपाल चोकबाट पाँच किलोमिटरको दूरीमा ११ रोपनी ११ आना जग्गामा निर्माण भइरहेको यो होटलमा १०२ वटा कोठा रहेको छ। तीन वटा भवनसहितको होटलका १०२ कोठामध्ये दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठा रहको छ।

होटलमा विभिन्न क्षेत्रमा आवद्ध ३१ जनाको लगानी गरेको छ। पाँच तारे होटलसँगै दुई वटा पार्टी भेन्यू अनतर्गत ठूलो हलमा करिब चार सय र सानोमा एक सय ५० जना अट्ने क्षमता रहेको छ।

होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन,योगा तथा ध्यान केन्द्र निर्माण गरिएको छ। पार्टी भेन्यूलगायत हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन,योग तथा ध्यान केन्द्र विशेष रुपमा आन्तरिक र वाह्य पर्यटक लक्षित रहेको जनाइएको छ।

तीन सय २० देखि तीन सय ३० वर्गफीटसम्म रहेको होटलको कोठामा सेमिनार तथा वर्कसप आयोजना गर्ने हलहरु रहेको छ।होटलले पाहुना सेवालाई मध्यनजर गर्दै एउटा सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरेको छ।

होटलको बोर्डमा डा. राजेन्द्र केसीसँगै सीए तथा व्यवसायी दीपक पाण्डे, ग्यास उद्यमी हरि पाठक, जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेल, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया