Nepal Life

हकप्रद शेयर निष्काशन सँगै घलेम्दी हाइड्रोपावर नाफामा देखियो, विद्युत बिक्री आम्दानी ९६ प्रतिशतले बृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 09:33
हकप्रद शेयर निष्काशन सँगै घलेम्दी हाइड्रोपावर नाफामा देखियो, विद्युत बिक्री आम्दानी ९६ प्रतिशतले बृद्धि
Sanima Reliance

काठमाडौं । हकप्रद शेयर निष्काशन पछि घलेम्दी हाइड्रोपावर पहिलो पटक मुनाफामा देखिएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर दीर्घकालिन कर्जा घटाए सँगै व्याज खर्च घट्दा नाफामा देखिएको हो । 

NIMB

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा घलेम्दी हाइड्रोपावरले ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ३ करोड १३ लाख ३४ हजार रुपैयाँ नोक्सानमा थियो । 

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९६.३३ प्रतिशतले बढेर ४ करोड ६६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट यस कम्पनीले २ करोड ३ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो ।

गत वर्ष २ करोड ८७ लाख १२ हजार रुपैयाँ रहेको वित्तीय खर्च यो वर्ष २ करोड ४ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४५ पैसा र प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा छ । कम्पनीको चुक्ता पूँजी ५५ करोडबाट एक अर्ब ६५ करोड पुगेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया