NIMB Header 2
Nepal Life

सत्तारुढ दलका शिर्ष नेताको सरकार नढल्ने अभिव्यक्ति सँगै शेयर बजारमा उछाल, ६२ अंकको सुधारमा पौने १० अर्बको कारोबार

National Life
  • BFIS News
  • 2024 Nov 10 15:07
सत्तारुढ दलका शिर्ष नेताको सरकार नढल्ने अभिव्यक्ति सँगै शेयर बजारमा उछाल, ६२ अंकको सुधारमा पौने १० अर्बको कारोबार
Sanima Reliance

काठमाडौं । सत्तारुढ दलका शिर्ष नेताहरुले एकपछि अर्को अभिव्यक्ति दिदै सरकार नढ्ने बताए सँगै आइतबार शेयर बजारमा उछाल आएको छ । केहि दिन अगाडी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कपि शर्मा ओलीले सरकार छिट्टै ढल्लो अवस्थामा नरहेको बताउदै गर्दा आज नेपाली कांग्रेका सभापती शेर बहादुर देउवाले धनगढी पुगेर विद्यमान सत्ता समिकरण २०८४ को चुनावसम्ममै निरन्तर अगाडी बढ्ने अभिव्यक्ति दिएका छन् ।

Shikhar
NIMB

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गरे सँगै सत्ता समिकरण भित्र विवाद बढेको बताइदै गर्दा दुई दलका शिर्ष नेताले छुट्टा छुट्टै यस्तो अभिव्यक्ति दिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । पछिल्लो समय सहकारी ठगी प्रकरणमा ठुला ठुला व्यापारीदेखि लिएर प्रमुख नेताहरु नै मुछिदै आएका छन् । यसले गर्दा राजनीतिक दलहरु भित्र ठुलो विवादको विषय बन्दै गइरहेको छ ।

तिहार लगत्तै खुलेको शेयर बजारमा यस्तो आशंका र संशयले बजार बढ्न सकेको थिएन । तर सत्तारुढ दलका शिर्ष नेताले नै बजारमा चलिरहेको हल्लालाई चिर्दै अभिव्यक्ति दिए पछि लगानीकर्ताको कन्फिडेन्स भने बढेको छ । राजनीतिक गतिविधिले असर पारिरहदा अन्य वित्तीय सूचकमा भने क्रमिक सुधार आइरहेको छ ।

लगानीकर्तालाई सपोर्ट गर्ने सबैभन्दा बलियो आधार बैंकिङ तरलता झन् झन् बढ्दै गइरहेको छ । राष्ट्र बैंकले आज पनि ५० अर्ब रुपैयाँ प्रणालीबाट झिक्दै गरेको समाचारले पनि बजारमा राम्रो सपोर्ट गरेको छ । दशै तिहार पछि पनि बैंकिङ प्रणालीमा खासै कर्जाको माग देखिएको छैन । नेपालको सन्दर्भमा दशै तिहार पछि घरजग्गाको कारोबार बढ्ने गरेको पाइन्छ । त्यसमा पनि हिउद महिनामा नेपालीहरुले घर बनाउने गर्छन् । घर बनाउदा पनि बैंकमा कर्जाको माग बढ्ने गर्छ । तर सुस्त अवस्थामा रहेको घर जग्गाको कारोबारले गर्दा लगानीकर्ताले यस क्षेत्रमा प्रवेश गर्न चाहिरहेका छैनन् । यस्तै अवस्था रहिरहने हो भने आगामी दिनमा तरलता झन् बढ्दै जाने निश्चित छ । हिउदमा कर्जाको माग बढ्ने आशामा बैंकहरुले साउन, भदौ, असोज र कार्तिकमा अधिक तरलतालाई पनि सामाना गर्ने गर्छन् । तर सिजनमै कर्जा जान नसक्ने अवस्था रह्यो भने बैंकहरुले अझै व्याजदर तल झार्न बाध्य हुनेछन् । यस्तो अवस्था रह्यो भने शेयर बजारमा भने झन चार्मिङ बढ्ने निश्चित छ ।

आइतबार नेप्से सूचक ६२.५४ अंकले सुधार भएको छ । सूचकमा मात्रै सुधार देखिएको छैन कारोबार रकम पनि ९ अर्ब ७७ करोड रुपैयाँको भएको छ । शेयर बजारका ठुला खेलाडीहरुले आज बजार बढ्ने भन्दै सामाजिक सञ्जालमा ठुलै चर्चा गरेका थिए । जव जव बजारमा दिपेन्द्र अग्रवाल जस्ता व्यक्तिहरुको आवाज चर्को हुँदै जान्छ तव तव बजारमा राम्रै उतारचढाव हुने गर्छ । शेयर बजारमा कमाउने आशामा हल्लै हल्लाको भरमा शेयर खरिद गर्ने जमात पनि कम छैन । तर चलाख लगानीकर्ताका लागि यो सबैभन्दा ठुलो अवसर पनि हो ।

आज नेप्से सूचक २.३३ प्रतिशतले बढेर २७३८.०६ अंक पुगेको छ । शेयर बजार अधिकतम ३ हजार पुगेर फर्किएको थियो । यस क्रममा बजार २४ सय अंकसम्म तल झर्यो । आइतबार २२८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ । सानिमा जिआइसी, समृद्धि फाइनान्सको शेयर सर्वाधिक धेरै कारोबार भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया